News

लकडाउनले रोकिएकी पूर्व युवराज्ञी शाह ३ महिनापछि स्वदेश फिर्ता

९ असार । लकडाउनको कारण लामो समय थाइल्याण्डमा बस्न बाध्य हुनु भएकी पूर्व युवराज्ञी हिमानी शाह आज काठमाडौं आइपुग्नु भएको छ ।

छोरा हृदयेन्द्रसहित मंगलबार शाह थाईल्याण्डबाट फर्कनु भएको हो । मंगलबार अपरान्ह ३ बजे नेपाल एअरलाईंन्सको बिमानमार्फत् उहाँ त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्दा राजसंस्थाका समर्थहरुले उहाँको स्वागत गरेका थिए ।

३ महिना अघि आफ्नी छोरीहरुलाई भेटन थाइल्याण्ड पुग्नु भएकी पूर्व युवराज्ञी शाह स्वदेश फर्किएपछि नेपाली सेनाले तयार गरेको क्वारेन्टाइनमा छोरा हृदयेन्द्रसहित बस्नु भएको बताइएको छ ।

शाहकी दुई छोरीहरु पूर्णिका र कृतिका भने उतै रहेका छन् । आफ्नी छोरीहरुसंग थाइल्याण्डमा हुँदा पूर्व युवराज्ञी शाहले बनाएको टिकटक भिडियोहरु नेपाली समाजमा निकै भाइरल बनेका छन् ।

Related Articles

Back to top button
Close