News

प्रहरी निरीक्षकले हवल्दारसँग मिलेर सुन गायब बनाएको खुलासा

सीमा प्रहरी चौकी रसुवाका तत्कालीन प्रहरी निरीक्षक खेमप्रसाद नेपालले हवल्दारसँग मिलेर सुन गायब बनाएको खुलेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार प्रहरी निरीक्षक नेपालले हवल्दार रामशरण रिमालसँग मिलेर सुन एक आपसमा बाँडेको पुष्टि भएको छ ।

रिमालले गएको मंसिर २२ गते १ सय ११ ग्राम र पुस ११ गते ना ६ ख ४९३२ नम्बरको कन्टेनरबाट ४ सय २२ ग्राम सुन बरामद गरेका थिए । सुन बाँडेको पुष्टि भएसँगै सीमा प्रहरी चौकी टिमुरेका तत्कालीन प्रहरी निरीक्षक नेपालसहित ४ जना विरुद्ध विशेष अदालतमा आरोप पत्र दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए ।

रिमालले यात्रुबाट ४ सय २२ ग्राम सुन कब्जा गरेको अनुसन्धानबाट खुलेको छ । प्रहरी निरीक्षक नेपालले रिमाललाई सुनसहित आवश्यक कारवाही गर्नुपर्नेमा उनलाई कार्यालयबाट बिना कारण आउटरबिदा छोडी निजसँगै पटक–पटक सम्पर्कमा रहेको देखिएको छ ।

उनीहरू विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ विरुद्धको कसूर गरेको अभियोग लगाइएको छ । यस्तै विगो २६ लाख ५२ हजार रुपैयाँको दोब्बर जरिवाना र कैद सजायको पनि माग गरिएको आयोगले जनाएको छ । यो खबर आजको नागरिक दैनिकमा छापिएको छ । news 24 nepal

Related Articles

Back to top button
Close