News

कोरोना अस्पतालबाट दुई संक्रमित भागे, सबैलाई सर्तकता अपनाउन अग्राह

काठमाडौं, ७ भदौ । वीरगञ्जमा दुई जना को’रोना संक्र’मित वीरगञ्ज हेल्थ केयर को’रोना विशेष अस्पतालबाट भागेका छन् । राति २ बजेतिर राउण्डमा गएका स्वास्थ्यकर्मीले संक्रमित नदेखेपछि प्रहरीलाई खबर गरेका थिए । डिलक्स क्याबिनमा बस्दै आएका उनीहरु कसरी भाग्न सफल भए भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

अस्पतालको पछाडिबाट हाम फालेर भागेको हुन सक्ने आशंका प्रहरीको छ । उनीहरुको खोज तलास भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोजीत कुँवरले जानकारी दिए ।

जानी राखौं ! पारिजात फूलको फाइदा

पारिजातको फूल सुन्दरता र सजावटमा मात्र होइन, स्वास्थ्यका लागि समेत लाभदायी सिद्ध भएको छ ।अंग्रेजीमा नाइट जस्मिन् भनिने पारिजात फूलका विभिन्न फाइदाहरु रहेका छन् । यहाँ हामीले केही फाइदाहरु उल्लेख गरेका छौं ।

– पारिजात फूलको विशेष महत्व छ । यसले मुख्य गरी तपाईंको जीवनमा तनाव हटाउन मद्धत गर्दछ । यतिमात्र होइन त्यसको वास्नाले नै मनमा खुशी पैदा गराउँछ । साथ साथै सुगन्धले मस्तिष्कलाई शान्त पार्छ ।

– पारिजातको फूल राति मात्र फुल्दछ । विहान हुनासाथ जमिनमा खस्न थाल्छ । यो पनि मानिन्छ कि, पारिजातको वृक्षलाई छोए मात्र पनि थकाई मेटिन्छ ।

– पुराणमा उल्लेख भए अनुसार, पारिजातको वृक्ष तथा फूलले शान्ति तथा समृद्धि ल्याउने कुराको वर्णन गरिएको छ । तर पारिजातको वृक्ष उक्त व्यक्तिको घरमा भएमात्र त्यो सम्भव हुने विश्वास गरिन्छ ।

– आयुर्वेद अनुसन्धान अनुसार १५ देखि २० वटा पारिजातको फूलको रस बनाएर पिएमा हृदय रोगहरु निको हुने बताइन्छ ।

Related Articles

Back to top button
Close