News

चट्याङबाट ५२ जनाको मृत्यु, १६५ घाइते !

५ भदौ, काठमाडौं । नेपालमा च’ट्याङबाट ज्या’न गु’माउने र घा’इते हुनेहरुको संख्या अत्यधिक देखिएको छ । वैशाखयता मात्रै च’ट्याङबाट ५२ जनाको ज्या’न गएको छ भने १६५ जना घा’इते भएका छन् । गृहमन्त्रालय राष्ट्रिय वि’पद जो’खिम न्यूनीकरण ताथ व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख १ गतेदेखि भदौ ४ गतेसम्मको तथ्यांकअनुसार २१७ जना च’ट्याङबाट पी’डित बनेका हुने, जसमध्ये ५२ जनाको ज्या’नै गएको छ ।

गत जेठ ३० गतेदेखि नेपालमा मनसुन सुरु भएको हो । मनसुन सुरु नहुँदै च’ट्याङबाट ३० जनाको मृ’त्य भइसकेको थियो भने मनसुन सुरु भएयता २२ जनाले ज्या’न गु’माएका छन् ।वैशाखयता पहिरोबाट ज्या’न गु’माउनेको संख्या २२३ छ भने बाढीका कारण १४ जनाले ज्या’न गु’माएका छन् । पहिरोपछि सबैभन्दा ठूलो जो’खिम च’ट्याङकै देखिएको छ । यसअवधिमा पहिरोमा परी घा’इते हुनेको संख्या १८५ रहेकोमा च’ट्याङबाट मात्रै घा’इते हुनेको संख्या १६५ रहेको छ ।

त्यस्तै, उपत्यकामा जारी निषेधाज्ञा गरेकै दिनदेखि तरकारी र फलफूल मूल्य झन्डै ८० प्रतिशतसम्म मूल्य वृद्धि भएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार बुधबारको तुलनामा बिहीबार मुख्य तरकारीको भाउ थोकमै १० देखि ८० प्रतिशतसम्म महँगो भएको छ ।

बजारमा तरकारीको आपूर्ति सामान्य भए पनि माग बढी भएकाले मूल्य बढेको हुनसक्ने अनुमान समितिले गरेको छ । समितिका अनुसार कालीमाटी बजारमा बुधबारका लागि ४७६ मेट्रिक टन तरकारी भित्रिएकोमा बिहीबारका लागि छ सय मेट्रिक टन तरकारी भित्रिँदासमेत भाउ बढेको छ ।

समितिका अनुसार बुधबार प्रतिकेजी १६५ रुपियाँ थोकमा बिक्री भएको कागती बिहीबार २९५ रुपियाँमा किनबेच भइरहेको छ भने प्रतिकेजी ५६ रुपियाँ थोकमा कारोबार भएको गोलभेँडा ७० रुपियाँ भएको छ ।

यस अवधिमा करेला प्रतिकेजी २२ रुपियाँबाट ३० रुपियाँ, तामा प्रतिकेजी ९० रुपियाँ थोक मूल्यबाट ११० रुपियाँ पुगेको छ । यस्तै तनेबोडी प्रतिकेजी ९५ रुपियाँ थोक मूल्य बढेर ११० रुपियाँको पुगेको समितिले जनाएको छ ।

यी तरकारीको भाउ खुद्रा बजारमा अझै छोइ नसक्नुछ । एक दिनमै ८० प्रतिशतसम्म तरकारी महँगो हुनु तरकारी व्यापारीको कालोबजारी भएकाले अनुगमन गरेर कारबाही गरिनुपर्ने बताइएको छ ।

Related Articles

Back to top button
Close