News

वीरगञ्जमा थप दुई सङ्क्रमितको उपचारका क्रममा मृत्यु

वीरगञ्ज, भदौ ६ गते । पर्साको वीरगञ्जमा रहेको बीरगञ्ज हेल्थकेयर अस्थायी कोभिड अस्पतालमा उपचाररत थप दुई जना संक्रमितको उपचारको क्रममा मृत्युभएको छ ।
बीरगञ्ज हेल्थकेयर अस्थायी कोभिड अस्पताल शुक्रबार राती ८ बजे एक जना र शनिबार बिहान ७ बजे एक जना गरी दुई जना संक्रमितको उपचारको क्रममा मृत्यु भएको हो ।
बीरगञ्ज हेल्थ केयरमा अस्थायी कोभिड अस्पताल उपचाररत वीरगञ्ज महानगरपालिका वडा नम्बर २६ सुगौली गाँउका ५८ वर्षीय पुरुषको शुक्रबार राति ८ बजे मृत्यु भएको र त्यस्तैगरी पर्साको बहुदरमाइ नगरपालिकाको डकैला बहुअरीका ६१ वर्षीय पुरुषको शनिबार बिहान ७ बजेर १० मिनट जाँदा उपचारको क्रममा मृत्यु भएको डा. दीपक कुशवाहले जानकारी दिनुभयो ।
मुटु , दम र उच्च रक्तचापका बिरामी रहेका डकैला बहुअरीका ६१ वर्षीय पुरुषमा निमोनियाको पनि समस्या देखिएपछि साउन ३१ गते वीरगञ्जको अलि अर्थो ट्रमा सेन्टरमा भर्ना गरि उपचार सुरु गरिएको थियो । भदौ ३ गते संकलन गरिएको स्वाबको आरटी पीसीआर परीक्षण गर्दा भदौ ४ गते ती व्यक्रिमा कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण पुष्टि भएपछि अलि अर्थो ट्रमा सेन्टरबाट निजी ६१ वर्षिय वृद्धलाई विहीबार राति नै वीरगञ्ज हेल्थ केयर कोभिड अस्पताल भर्ना गरी उपचार सुरु गरिएपछि शनिबार बिहान ७ः१० मिनेट जाँदा कोभिड अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको चिकित्सक डा. कुशवाहाले जानकारी दिनु भयो ।
त्यस्तैगरी शुक्रबार राती ८ बजे मृत्यु भएका अर्का संक्रमितमा वीरगञ्ज महानगरपालिका वडन नम्बर २६ सुगौली गाँउका ५८ वर्षीय पुरुष रहनु भएको छ । मृत्यु भएका ती ५८ वर्षिय पुरुष मृगौला र मधुमेहका रोगी थिए भने भेन्टिलेटरमा राखेर उपचार गर्ने कार्य भईरहेको थियो ।
यी थप दुई संक्रमितको मृत्युसँगै पर्साको वीरगञ्जमा कोरोना संक्रममणका कारण मृत्यु हुनेको संख्या ३६ पुगेको छ । मृत्यु हुनेमा २७ जना पर्साका, ५ जना बाराका र रौतहटका २ जना र जेठ ३१ गते वीरगञ्जको घण्टाघरमा मृत भेटिएर हालसम्म पहिचान खुल्न नसकेका एक जना कोरोना संक्रमित युवक रहेका छन् ।

Related Articles

Back to top button
Close