International

ढुक्क हुनुस्, मासु र अण्डाबाट कोरोना सर्दैन, पशु विभागकाे यस्ताे विज्ञप्ति

कोरोना भाइरस (कोभिड–१९)को त्रासका कारण बजारमा विभिन्न हल्ला र भ्रम फैलिरहेको छ । कतिपयमा मासुजन्य खानेकुराको सेवन गर्नुहुँदैन भन्ने भ्रम पाइन्छ । आउनुहोस् यसलाई चिरौँ ।

यो भाइरस श्वासप्रश्वासबाट हुने संक्रमण हो जुन हावाबाटै सर्छ । मासुजन्य खानेकुरामा यो भाइरस बस्छ भन्ने कहीँ पनि पुष्टि भएको छैन । कोभिड–१९ सुरुमा चीनको वुहानस्थित पोल्ट्री फार्मबाट आयो भन्दैमा मांसहारी भोजन, डेरीका खानेकुरा खान बन्द गर्नुपर्छ भन्ने छैन ।
कुखुराको अण्डा र मासुबाट कोरोना भाइरस सर्ने हल्ला निराधार रहेको सरकारले स्पष्ट पारेको छ । पशु सेवा विभागले कुखुराको मासु र अण्डाबाट कोरोना भाइरस नसर्ने बताएको हो । कुखुराको मासु र अण्डाको नियमित सेवन गरेमा कोरोना भाइरसविरुद्ध लड्न सक्ने रोग प्रतिरक्षा क्षमता बढाउने विभागको भनाई छ ।

पछिल्लो केही दिन यता कुखुराको मासु र अण्डामा समेत कोरोना सर्ने भन्दै अपवाह फैलिएको छ । सरकारले यसको खण्डन गरेको हो । अफवाहको पछि नलाग्न विभागले अपिल समेत गरेको छ । केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा कुखुराको मासुमा कोरोना भन्ने नकारात्मक समाचार समाचारहरु प्रकाशित र प्रशारण भएको भन्दै विभागले पोल्ट्री व्यवसायमा असर गर्ने यस्ता भ्रामक समाचारको पछि नलाग्न आग्रह गरेको हो ।

विभागका अनुसार हालसम्म विश्व स्वास्थ्य संगठन र विश्व पशु स्वास्थ्य संगठनको अनुसन्धानबाट कुनै जनावर र पंक्षीबाट कोरोना सर्ने वैज्ञानिक आधार भेटिएको छैन । कोरोना सामाजिक दूरी कायम गर्दा समेत सुरक्षित हुन सकिने संक्रमण हो ।

मासुजन्य खानेकुरा खाँदा केही सावधानी अपनाउनुपर्छ । मासु राम्ररी पखालेर गल्ने गरी अर्थात् कम्तीमा पनि आधा घन्टा पकाएमा भाइरस निम्त्याउने अधिकांश कीटाणु मरिसक्छन् ।

( यद्यपि, मासुजन्य खानेकुरा सेवन गर्दा त्यो राम्ररी पाकेको भने हुनुपर्छ । कम्तीमा पनि आधा घन्टा पकाउँदा भाइरस निम्त्याउने अधिकांश कीटाणु मरिसक्छन् । यो तरिका सार्स भाइरसलाई निर्मूल पार्न पनि प्रयोग भएको थियो ।

( भारतका सरुवा रोग विशेषज्ञ डा। लक्ष्मण जेसानीका अनुसार कुनै पनि खानेकुरा आफैँमा असुरक्षित हुँदैनन् । त्यसलाई पकाउने तौरतरिकामा सावधानी अपनाए पुग्छ । उनका अनुसार खानेकुराको माध्यमबाट बढ्न सक्दैन । हालसम्म खानेकुराबाट भाइरस सरेको या कुनै पनि प्रकारको संक्रमण भएको तथ्य फेला परेको पाइन्छ ।

( मासुजन्य खानेकुरा खाँदा केही सावधानी अपनाउनुपर्छ । राम्ररी पखालेपछि गल्नेगरी पकाएर खान सकिन्छ । त्यसमा डर मान्नुपर्दैन । काँचो फलफूल र तरकारी खाँदा पनि स्वच्छ तरिका अपनाउनुपर्छ । यो अवस्था पूर्ण रूपमा नियन्त्रणमा नआएसम्म बधशालावरिपरि नजानु नै राम्रो हो ।

( इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेसका निर्देशक डा। रन्दीप गुलेरियाले पनि यसमा सहमति जनाएका छन् । उनका अनुसार मासुजन्य खानेकुराले खतरा बढाउने होइन । सामान्य सावधानी हरेक विषयमा अपनाउनुपर्ने बताउँदै नचाहिने अफवाह नफैलाउन उनको आह्वान छ ।

खानेकुराबाट कोरोना सर्दैन

विश्व स्वास्थ्य संगठन, डब्लुएचओले अहिलेसम्मको अध्ययन अनुसन्धानमा खानेकुरा वा प्याकेजिङबाट भाइरस सर्न सक्ने कुनै प्रमाण नभएकाले यससबारे डराउनु नपर्ने बताएको छ ।

गत बुधबार चीनको दक्षिण तर्फको सेन्जेन शहरमा ब्राजिलबाट निर्यात गरिएको फ्रोजन कुखुराको मासुको, बाहिरी प्याकेजिङ जाँच गर्दा कोरोना पोजेटिभ देखिएको खबर बाहिरिएको थियो जसले यतिबेला मानिसहरुमा त्रास फैलाइरहेको बताइएको छ ।

तर अमेरिकाको सिडीसी र डब्लुएचओ दुवैले खानेकुराबाट भाइरस संक्रमण हुने सम्भावना अत्यन्तै कम रहेको बताउँदै आएका छन् ।

सेनजेनका स्वास्थ्य अधिकारीहरुले सो प्याकेजिङसँग सम्पर्कमा आएका सबै मानिसहरु तुरुन्तै पत्ता लगाएर परीक्षण गरेको हो जसमा सबैको नतिजा नेगेटिभ आएको बताइएको छ । यसबाहेक स्टकमा राखिएका अन्य सबै सम्बन्धित उत्पादनहरुको जाँच गर्दा पनि नेगेटिभ नै आएको खबर गरिएको छ ।

यस्तोमा आधिकारिक निकायहरुले सो मासुको प्याकेज भण्डारण गरि राखिएको पूरै क्षेत्रलाई ‘डिस्इन्फेक्ट’ गरि किटाणुमुक्त पारिसकेका छन् । यसमा सो प्याकेजिङमा कतिबेला र कहाँबाट भाइरस संक्रमित भयो भन्ने चाहिँ अझै स्पष्ट भएको छैन ।

यस सम्बन्धी डब्लुएचओका आपत्कालीन कार्यक्रम प्रमुख माइक रायनले भनेका छन्, “मानिसहरुले खानेकुरा, त्यसको प्याकेजिङ, प्रोसेसिङ या डेलिभरि गरिएका खानेकुरासँग डराउनुपर्ने कुनै आवश्यकता छैन । यस सम्बन्धी सबैले सुरक्षित र सहज महसुस गर्दा हुन्छ । किनकी हालसम्म भाइरस खानेकुराका माध्यमबाट सरेको कुनै प्रमाण छैन । ”

डब्लुएचओकै अर्की एपिडेमोलोजिस्ट मारिया भन करकोभका अनुसार महमारी सुरु भएदेखि चीनले सयौँ , हजारौँका सङ्ख्यामा बाहिरबाट आएका प्याकेजहरुको जाँच गर्दै आएको छ र यसमा एकदमै थोरै, दश भन्दा कम मात्र भाइरस पोजेटिभ भेटिएका छन् ।

त्यसैगरी यता ब्राजिलको कृषि मन्त्रालयले पनि चीनबाट आएको यो खबरको स्पष्टिकरण खोजिरहेको र अनुसन्धान भइरहेको जनाएको छ । आफूहरुले देश भित्र रहँदा सबै उत्पादनमा सावधानी अपनाउने गरेको तर सामानहरु बाहिर जाँदा त्यो कुन अवस्थामा हुन्छ भन्नेको चाहिँ जिम्मा लिन नसक्ने युकेडरका उत्पादन मन्त्री इभान ओन्टानेडाले संचार एजेन्सी रोएटर्ससँग बताएका हुन् ।

Related Articles

Back to top button
Close