News

अहिलेसम्मकै दुखद खबर; यस्तो डरलाग्दो पुष्टि भएपछि देशैभर तरंग

काठमाडाैं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) ले ठुलो महामारी लिने संकेत देखिएको छ । मंगलबार एकै दिन ७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भसंगै देशभर नयाँ तरंग पैदा भएको छ । मंगलबार नेपालमा अहिलेसम्मकै धेरै १ हजार १६ जनामा कोरोना पुष्टि भएको छ । यो संक्रमण बृद्धि समुदायस्तरमा कोरोना देखिएपछि परिणाम हो भन्दा अब भने फरक नपर्ला ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा पछिल्लो २४ घण्टामा थप ७ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको पुष्टि गरेको हाे । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ११४ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित लाइभ अपडेटमा सो जानकारी दिएका हुन् ।मन्त्रालयका अनुसार आज काभ्रे, नवलपरासी, मरोङ, धनुषा, बाँके र कास्कीका एक-एक पुरुष तथा तनहुँकी एक महिलाको कोरोनाले मृत्यु भएको छ । यसअघि हिजो सोमबार रौतहटका ३२ वर्षीय पुरुष, मोरङका ६० वर्षीय पुरुष र काठमाडौंकी ५८ वर्षीय महिला गरी तीन जनाको कोरोनाले मृत्यु पुष्टि भएको थियो ।

यसअघि गत विहीबार महोत्तरी मटिहानीका ७५ वर्षीय पुरुष, धनुषा मिथिला-७ की ८५ वर्षीय महिला, अछाम रामारोसनका १८ वर्षीय पुरुष, मोरङ विराटनगर-३ का ५७ वर्षीय पुरुष गरी ४ जनाको कोरोनाले मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको थियो ।यसअघि गत बुधबार एकैदिन ८ जनाको कोरोनाले मृत्यु पुष्टि भएको थियो । जसमा काठमाडौं टेकुकी ७८ वर्षकी महिला, धादिङ्ग नीलकण्ठका ३२ वर्षीय पुरुष, धनुषा जनकपुरका ७१ वर्षीय पुरुष, धनुषा जनकपुरकी ३८ की महिला, सप्तरी डाक्रेश्वरीका ७२ वर्षीय पुरुष, मोरङ्ग बुढीगंगाका ५५ वर्षीय पुरुष, कपिलवस्तु तौलिहवाका ४२ वर्षीय पुरुष र बारा कलैयाका ७५ वर्षीय पुरुष रहेका थिए ।

त्यस्तै गत मंगलबार थप ४ जनाको कोरोनाले मृत्यु भएको पुष्टि भएको थियो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार मंगलबार काठमाडौंको किष्ट मेडिकल कलेजमा उपचारत काभ्रे पाँचखालकी ५० वर्षीया महिलाको कोरोनाले मृत्यु भएको पुष्टि भएको थियो।धनुषा मिथिला बिहारीका ५० वर्षीय एक पुरुषको निधन भएको थियो । सिन्धुपाल्चोक बाह्रबिसेका एक महाराजगन्जमा एक पुरुषको मृत्यु भएको थियो । यसैगरी विदेह नगरपालिका–८ का ६० वर्षीय पुरुषको कोरोनाले मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको थियो ।धनुषा मिथिला बिहारीका ५० वर्षीय एक पुरुषको निधन भएको थियो । सिन्धुपाल्चोक बाह्रबिसेका एक महाराजगन्जमा एक पुरुषको मृत्यु भएको थियो । यसैगरी विदेह नगरपालिका–८ का ६० वर्षीय पुरुषको कोरोनाले मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको थियो ।

यसअघि गत सोमबार थप चार जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको थियो । डा. गौतमका अनुसार बाँकेको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा निमोनिया भएर भर्ना भएकी ७० वर्षीया महिलाको कोरोनाले मृत्यु भएको हो ।त्यसैगरी पर्साको वीरगञ्जमा-१५ की ४५ वर्षीया महिलाको पनि कोरोनाले मृत्यु भएको मन्त्रालयले पुष्टि भएको थियो । त्यस्तै काठमाडौ-१० मध्यबानेश्वर बस्ने एक ७६ वर्षीय पुरुषको पनि कोरोनाका कारण मृत्यु पुष्टि भएको थियो । त्यसैगरी कीर्तिपुर ट्याङ्लाफाँट बस्ने ६४ वर्षीय पुरुषको पनि कोरोनाकै कारण निधन भएको मन्त्रालयले पुष्टि गरेको थियो ।

डा. गौतमका अनुसार गत आइतबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत कोभिड-१९ उपचार केन्द्रमा भर्ना भएका पोखरा-१९ का ६२ वर्षीय एक पुरुषको मृत्यु भएको थियो । त्यसैगरी वीरगञ्जको छपकैया निवासी २० वर्षया एक महिलाको पनि कोरोनाले मृत्यु भएको पुष्टि भएको थियो।त्यस्तै यसअघि पर्सा छप्कैयाका ७४ वर्षीय एक पुरुष, मोरङ विराटनगरका ५८ वर्षीय पुरुष र काठमाडौं टोखा-६ की ४१ वर्षीया महिला गरी तीन जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको थियो । यसअघि पर्सा वीरगन्ज महानगरपालिका ९ माइस्थान बस्ने ४५ वर्षीय पुरुष, पर्सा जिल्ला वीरगन्ज महानगरपालिका-११ श्रीपुर बस्ने ७९ वर्षीय पुरुष, सिरहा गोलबजार नगरपालिका १२ बस्ने २५ वर्षीय एक पुरुष, सर्लाही बसन्तपुरका ४५ वर्षीय पुरुष र पर्साको वीरगन्ज महानगरपालिका ११ श्रीपुर बस्ने ५७ वर्षीय पुरुषको कोरोनाले मृत्यु पुष्टि भएको थियो ।

योभन्दा अगाडि विराटनगरका ४५ वर्षीय पुरुष र रंगेली नगरपालिकाका ४५ वर्षीय पुरुष, सर्लाही–६ मलंगवाकी ६५ वर्षीया महिला, धनुषाकी वर्ष ७२ एक महिला र सप्तरीको रुपनी गाउँपालिका-५ का ४५ वर्षीय पुरुषको पनि कोरोनाले मृत्यु पुष्टि भएको थियो ।यसअघि पर्साकी १८ वर्षीया महिलाको कोरोनाले निधन भएको मन्त्रालयले जानकारी दिएको हो । यसैगरी पर्सा विरगन्जकै वर्ष ४६ का एक पुरुषको पनि पनि कोरोनाका कारण मृत्यु भएको मन्त्रालयले जानकारी दिएको हो ।
यसअघि मोरङ विराटनगर-५ आदर्शटोल बस्ने वर्षा ७७ का एक जनाको कोरोनाले मृत्यु भएको मन्त्रालयले जनाएको हो । यसअघि पर्सा ६८ वर्षीया महिलाको मृत्यु भएको थियो । त्यसैगरी पाटन अस्पतालको आईसीयूमा उपचाररत ६५ वर्षीया महिलाको मृत्यु पुष्टि भएको थियो ।यसअघि यसैगरी वीरगन्जमा एकै दिन थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको थियो। वीरगन्ज महानगरपालिका- ११ श्रीपुरका ५६ वर्षीय पुरुष, वीरगन्ज महानगरपालिका-१६ नगवाका ३५ वर्षीय युवक, वडा नम्बर-२ छपकैयाका ६५ वर्षीय वृद्ध गरी तीन जनाको कोरोनाले मृत्यु भएको पुष्टि हो ।यसअघि नेपालमा कोरोनाका कारण सिन्धुपाल्चोककी २९ वर्षीया महिला, बाँके नरैनापुरका २५ वर्षीय युवक, गुल्मीका ४१ वर्षीय पुरुष, बारा कलैयाका ७० वर्षीय वृद्धको मृत्यु भएको थियो ।

सरकारले जारी गरेका स्वास्थ्यका मापदण्डहरुको पालना नगरिएको, काठमाडौं बाहिरबाट लुकिछिपी उपत्यकामा भित्रिने क्रम नरोकिएको जस्ता कारणले आवतजावतलाई कडा पार्न के विधि अपनाउने भन्नेबारे केही दिनदेखि छलफलहरु भइरहेको र आज पनि छलफल हुन लागेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए।

Related Articles

Back to top button
Close