Sport

क्यारेबियन प्रिमियर लिगः सन्दिप लामिछानेले त्यस्तो के गरे जसको सर्वत्र चर्चा भइरहेछ ?

काठमाडौं। क्यारेबियन प्रिमियर लिग खेल्न गएका नेपाली क्रिकेटर सन्दिप लामिछानेको टिम जमैका तल्लावाजले पहिलो खेल जित्नै प्रतियोगितामा विजयी सुरुवात गरेको छ । यो खेलमा सन्दिपले ४ ओभरमा २३ रन दिएर एक विकेट लिएका थिए । मध्यम प्रदशन गरेका सन्दिप यो खेलमा आफ्नो प्रदर्शनले भन्दा अर्कै कारणले चर्चामा आए । उनले यो खेलपछि पाकिस्तानी क्रिकेटर आसिफ अलीलाई गरेको सहयोगको यतिखेल पूरै क्रिकेट जगतमा चर्चा भइरहेको छ ।

आसिफ अलीले २७ बलमा नटआउट ४७ रन बनाउँदै जमैकालाई जिताएका थिए । यही प्रदर्शनका लागि आसिफ अलीलाई म्यान अफ द म्याच घोषित गरियो । तर, यी पाकिस्तानी क्रिकेटरको अंग्रेजी राम्रो छैन । उनले अहिले पनि आफू अंग्रेजी सिक्दै भएको बताउँछन् । म्यान अफ द म्याच घोषित भएपछि उनले आफ्नो कुरा अंग्रेजीमा भन्न सकेनन् । उनलाई प्रिजेन्टेसन सेरेमोनीमा नेपाली क्रिकेटर सन्दिप लामिछानेले भाषा अनुवादक बनेर सघाएका थिए । उनको यो भिडियो सामाजिक संजालमा चर्चाको विषय बनेको छ ।

सेन्ट लुसिया जुक्सले दिएको १५९ रनको लक्ष्य पच्छ्याउने क्रममा तल्लावाजले खराब सुरुवात गरेको थियो । पावरप्लेमै २ विकेट गुमाइसकेको तल्लावाजको इनिङ ग्लेन फिलिप र कप्तान रोभमन पावेलले सम्हालेका थिए । उनीहरुले ६३ रनको साझेदारी गरे । अन्तिममा आसिफ अलीको नटआउट इनिङले तल्लावाजलाई अन्ततः जीतसम्म डोर्याएको थियो ।

Related Articles

Back to top button
Close