News

कोरोनाबाट बुटवलमा उपचाररत् एक पुरूषको मृत्यु

बुटवल धागो कारखानास्थित कोरोना विशेष आइसोलेसन अस्पतालमा उपचाररत् एकजना पुरुषको मृत्यु भएको छ ।

प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं. ७ का ५२ वर्षका पुरुषको शुक्रबार बिहान साढे ६ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले जानकारी दिए।

मृतकमा कोरोना संक्रमणसँगै दम र उच्च रक्तचापको समेत समस्या रहेको डा. खनालले बताए।

साउनको अन्तिम साता भारतबाट आएका उनी भदौ १ गते राती आईसोलेसन अस्पतालमा भर्ना भएका थिए।

दमको समस्याको कारण श्वासप्रस्वासमा समस्या देखिएपछि उनलाई आईसियूमा उच्च निगरानीमा राखि उपचार भइरहेको थियो।

Related Articles

Back to top button
Close