मोदीले गरे धोनीको तारिफ, पत्र पठाउँदै भने– धोनी भारतीय भावनाको प्रतिक हुन्
भारतीय क्रिकेट टिमका पूर्व कप्तान महेन्द्रसिंह धोनीले पाँच दिनअघि अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएपछि उनको प्रशंसामा प्रतिक्रिया आउने क्रम जारी छ।
पछिल्लो प्रशंसा गर्नेमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि थपिएका छन्। मोदीले धोनको प्रशंसा गर्दै भावुक पत्र पठाएका छन्।
धोनीले बिहीबार प्रधानमन्त्री मोदीले पठाएको पत्र सर्वाजनिक गरेका छन्। उनले पत्र पठाएर आफ्नो योगदानको कदर गरेकोमा खुसी व्यक्त गरेका छन्।
मोदीले लेखेको पत्रमा धोनीले १५ वर्ष क्रिकेटमार्फत दिएको योगदान स्मरण गरेका छन्। यस्तै पत्रमा २०११ को विश्वकपमा भारतलाई उपाधि जिताउन धोनीले फाइनलमा गरेको फिनिङको चर्चा गरिएको छ। पत्रमा भनिएको छ,’तपाईँको संन्यासले १३० करोड भारतीय निशास भए। तर तपाईंले क्रिकेटबाट दिएको योगदानप्रति कृतज्ञ छौं।’
‘महेन्द्र सिंह धोनको नाम केवल उनको करिअरको आँकडाका लागि मात्र लिइने छैन अथवा केहि खेल जितेको आधारमा लिइनेछैन। तपाईँलाई एक खेलाडी मात्र भन्दा न्याय नहोला। तपाईंलाई हेर्ने एक सहि तरिका नै एक घटना हो,’ उनले अघि लेखेका छन्,’तपाईं भारतीय भावनाको प्रतिक हुनुहुन्छ। जहाँ नौजवनाहरु आफ्नो परिवारको नाम लिँदैनन्। तपाईको नाम हासिल गर्छन्।’