News

वीरगन्जमा थप एकसँगै २४ घण्टामा काेराेनाबाट ३ जनाकाे मृत्यु

पर्सा : नारायणी अस्पतालमा भर्ना भई मंगलबार मृत्यु भएका पुरुषको रिपोर्ट पोजेटिभ आएको छ। कोरोनासँग मिल्ने लक्षण देखिएर उपचार क्रममा अस्पतालमा भर्ना भएका ती पुरुषको रिपोर्ट बुधबार पोजेटिभ आएको हो। मृतक पर्साको भिस्वाका ५७ वर्षीय पुरुष रहेका नारायणी अस्पतालले जनाएको छ। कोभिड १९ सँग सम्बन्धित जिल्लाका सबै सूचना एकद्वार प्रणालीबाट उपलब्ध गराउन कसिएको जिल्ला संकट व्यवस्थापन सेन्टर (डिसिएमसी) ले पनि मृतकको रिपोर्ट पोजेटिभ आएको बताएको छ।

मंगलबार राति नै मृत्यु भएका पर्साको वीरगन्ज महानगरपालिकाको विर्ताका ८४ वर्षीय पुरुषसहित २४ घण्टामा पर्सामा ३ जनाको मृत्यु भइसकेको डिसिएमसीले पछिल्लो पटक सार्वजनिक गरेको सूचनामा पनि पुष्टि गरेको छ। यसैगरी वीरगन्ज महानगर रेशमकोठी बस्ने ४० वर्षे महिलाको नारायणी अस्पताल अस्थायी विशेष कोभिड अस्पतालमा साँझ मृत्यु भएको छ। ती महिलामा मधुमेह र निमोनिया देखिएको अस्पतालले जनाएको छ। चार दिनदेखि निजी अस्पतालमा उपचाररत ती महिलामा हिजो मंगलबार कोरोना देखिएको रिपोर्ट आएको थियो। योसहित पर्सामा कोरोनाका कारण मृत्यु हुनेको संख्या २४ पुगेको छ। स्वास्थ्य मन्त्रालयले भने मृतकहरुको पुष्टि गर्न बाँकी नै रहेको जनाइएको छ।

Related Articles

Back to top button
Close