News

Breking News कोरोना भाइरस : डेक्सामेथासोन बन्यो जीवन बचाउने औषधि

२ असार, काठमाडौं । डेक्सामेथासोन नामक औषधिले कोरोना भाइरस संक्रमित गम्भीर विरामीको ज्यान बचाउन सहयोग गर्ने ब्रिटेनका विशेषज्ञहरुले बताएका छन् । उनीहरुका अनुसार सस्तो र सहज रुपमा पाइने यो औषधि कोरोनाविरुद्धको लडाईमा एक ठूलो सफलता हुनेछ ।

उनीहरुकाअनुसार यो औषधिले जसलाई भेन्टिलेटरको मद्दत चाहिएको हरेक ८ संक्रमितमध्ये एकलाई बचाउन सक्छ । जसलाई अक्सिजनको आवश्यकता परेको छ, उनीहरुमा पनि हरेक २०/२५ संक्रमितमा एकलाई बचाउन सक्छ ।
कोरोना संक्रमण भएपछि जसलाई भेन्टिलेटरको आवश्यकता परेको छ, उनीहरु मध्ये आधालाई बचाउन सकिएको छैन । उनीहरु मध्ये एक तिहाईको मृत्यु टार्न सक्नु ठूलो उपलब्धी हुनेछ । अनुसन्धानकर्ताहरुको अनुमान छ कि यदि यो औषधिको प्रयोग ब्रिटेनमा संक्रमणको सुरुवाती चरणमै गर्न पाएको भए करिव ५ हजार मानिसलाई बताउन सकिन्थ्यो ।

साथै गरिव देशहरुका लागि यो औषधि महत्वपूर्ण हुने उनीहरुको दाबी छ किनकी यो औषधि सस्तो छ ।

डेक्सामेथासोन १९६० को दशकमा बाथ र दमको उपचारमा प्रयोग हुने औषधि हो । अहिले कोरोना संक्रमितको शरीरमा भाइरसविरुद्ध लड्ने शरीरमा प्रतिरक्षा प्रणालीलाई मद्दत गर्ने देखिएको छ ।

जब शरीरमा प्रतिरक्षा प्रणाली धेरै सक्रियताका साथ प्रतिक्रिया दिन्छ, त्यो अवस्थालाई साइटोकिन स्ट्रोम भनिन्छ र यसले ज्यान दिनसक्छ । यस्तोमा डेक्सामेथासोनले मद्दत गर्न सक्छ ।

तर जसलाई हल्का मात्र लक्षण देखिएको छ, उनीहरुलाई यो औषधिका खासै काम नगर्ने विज्ञहरुले बताएका छन् ।

Read more

छिमेकी मुलुक भारत र चीनबीच मे महिनामा सीमा वि’वाद झनै चु’लिएको छ । सोमवार राती भारतिय र चीनीयाँ सैनिककाे बीचमा भएकाे हिं’सक झ’डपमा एक अफिसर सहित २० भारतिय सैनिककाे ज्या’न गएकाे छ ।

यसअघि भारतीय सेनाले गलवान उपत्यका सोमबार राति चिनियाँ र भारतीय सेनाबीच झ’डप भएको र त्यस क्रममा भारतका एक कर्णेल र दुई जवानको मृ’त्यु भएको पुष्टि गरिसकेको छ भने संचारमाध्यमका अनुसार थप १७ जना भारतीय सैनिकको मृ’त्यु भएको छ । झ’डपमा चिनियाँ पक्षको पनि मानवीय क्ष ति भएको बताइएको छ । यद्धपि चिनियाँ पक्षको अधिकारिक विवरण आएको छैन ।

गलवान क्षेत्रका केही तस्वीर : आजतकबाट
दुइ देशका शैनिकबिचकाे झ’डपले यतिबेला अन्तराष्ट्रिय चर्चा पाएकाे छ । यद्धपी दुबै देशका शैनिकले ब’न्दुकले ल’डेका भने हाेइनन् । तारबार लगाएकाे फलामकाे ड’ण्डिले झ’डप भएकाे भारतिय संचारमाध्यमले जनाएका छन । करिव ३ घण्टासम्म चलेकाे उक्त झ’डपका क्रममा केहि सैनिक गलवान नदीमा ख’सेकाे पनि बताइएकाे छ ।

 

Related Articles

Back to top button
Close