Intresting

भगवानलाई चढाएको फूलमा यति धेरै शक्ति, सुँघ्दा पनि यति धेरै फाईदा

एजेन्सी । प्रायजसो मानिसहरुले घरको पूजा स्थान र मन्दिरमा फूल प्रसाद चढाउँछन्। फूल चढाएपछि अब सफा गर्नुपर्ने हुन्छ हामी त्यसलाई फोहोरमा लगेर फाल्छौँ । भगवानलाई चढाएको फूल निकालेर नदीमा विजर्सन गर्नुपर्दछ । यो फूलमा निकै शक्ति हुन्छ किनकी यो भगवानको मूर्ती आसपासमा राखिएको हुँदा यसमा शक्ति हुन्छ ।
तर यसालाई फोहोरमा फाल्दा या बाहिर फाल्नु अशुभ मानिन्छ । यसले घरमा दरिद्र लाग्ने विश्वास रहँदै आएको छ। यसलाई कुनै खाली भाँडोमा या थैलोमा जतनसँग राख्नुपर्दछ र पानीको खोला अथवा नदीमा लगेर बगाउँदा राम्रो हुन्छ ।

यसको प्रयोग अन्य ठाउँमा पनि गर्न सकिन्छ । शास्त्र भन्छ, जब भगवानलाई चढाएएको फूल निकाल्नुपरेमा एकचोटी राम्रोसँग सुँघ्नु पर्दछ किनकी फूलमा पोजेटिभ इनर्जी हुन्छ ।

फूल चढाउँदा यी कुरामा ध्यान दिनुहोस्

भगवानलाई बिहानै फूल चढाउनु भएको छ भने साँझ आरती गर्ने समयमा हटाउन सक्नुहुनेछ।
भगवानलाई फूल चढाउनुभन्दा आगाडि फूल सुँघ्नु पर्दछ ।
भगवानलाई हरेक समय ताजा फूल चढाउनु पर्दछ ।
भगवानको स्थानबाट निकालिएको फूल जमिनमा राख्नुपर्दछ ।
बासी फूललाई नदी या तलाउमा लगेर बगाउनुपर्दछ ।

Related Articles

Back to top button
Close