International

कोरोना खोपलाइ लिएर अमेरिकाले दियो यस्तो खुसिको खबर

एजेन्सी – कोरोनाविरुद्ध रुसले बनाएको खोपले काम गर्ने अमेरिकाले विश्वास व्यक्त गरेको छ । ह्वाइट हाउसमा शुक्रबार भएको पत्रकार सम्मेलनमा ट्रम्पले रूसी खोप प्रभावकारी र उपयोगी हुने विश्वास व्यक्त गरेका हुन् । ‘मलाई रूसले बनाएको भनिएको खोपका बारेमा धेरै थाहा छैन, तर त्यो प्रभावकारी, उपयोगी हुन्छ र त्यसले काम गर्छ भन्ने मलाई विश्वास छ,’ ट्रम्पले भने । पूरा भिडियो हेर्न तलको लिङ्कमा क्लिक गर्नुहोला

कोरोनाभाइरस विरुद्धको खोप तयार पार्न रुस विश्वको पहिलो राष्ट्र भएको उनको भनाइ छ । ‘मलाई जानकारी भएसम्म कोरोनाभाइरसविरुद्धको खोप तयार पार्न रुस विश्वकै पहिलो मुलुक भएको छ, यो दर्ता भइसकेको पनि मैले थाहा पाएको छु,’ उनले बताए । उनले चाडै नै ठूलो मात्रामा सो खोपको उत्पादन र प्रयोग हुन थाल्ने विश्वास पनि व्यक्त गरेका छन् ।
आधारभूत प्रक्रियाहरु पूरा गर्ने र परीक्षण सवै सफल भएपछि आधिकारीक निकायले त्यसको प्रयोगका लागि स्विकृति दिने उनको भनाइ छ । पूरा भिडियो हेर्न तलको लिङ्कमा क्लिक गर्नुहोला

नयाँ खोप प्रक्रियामा गएको छ र अहिलेसम्म सकारात्मक नतिजा आएको थाहा पाउँदा आफूहरुलाई अन्त्यन्त धेरै खुशी लागेको उनले बताए । अमेरिकामा पनि केही बैज्ञानिकहरुले तीन ओटा खोपलाई परीक्षण गरिरहेको र त्यो अहिले तेस्रो चरणमा पुगेको उनले जानकारी दिए ।

Related Articles

Back to top button
Close