को रोनाको खोप लगाएकी पुटिनकी छोरीको शरीरमा देखियो यस्तो परिवर्तन, विश्व नै दंग
काठमाडौं । रुस को रोनाबि रुद्धको भ्याक्सिन आधिकारिक रूपमा दर्ता गर्ने विश्वको पहिलो देश बन्न पुगेको छ। मंगलबार राष्ट्रपति भ्लादिमीर पुटिनले देशमा को रोनाको पहिलो खोप बनेको घोषणा गरेका हुन।
भ्याक्सिनको पहिलो डोज आफ्नी छोरीलाई दिइएको पुटिनले आफ्नो सम्बोधनमा बताएका थिए। उनकी छोरीलाई दुई खुराक दिइएको थियो। खोप दिइएपछि उनको शरीरमा तापमानको बदलाब रेकर्ड गरिएको थियो।
राष्ट्रपति पटिनका अनुसार पहिलो डोज दिँदा छोरीको शरीरको तापक्रम ३८ डिग्री सेल्सियस थियो। जब खोपको दोस्रो डोज दिइयो तापक्रम १ डिग्री घटेर ३७ डिग्रीमा सेल्सियस पुगेको थियो। तर, केही समय पछि फेरि तापक्रम बढ्यो र विस्तारै सामान्य अवस्थामा फर्कियो।
राष्ट्रपति पुटिनका मारिया र क्याट्रिना नामका दुई छोरी छन्। पुटिनले यी दुई मध्ये कुनलाई खोप दिइएको हो? भनेर स्पष्ट पारेका छैनन तर, सुई लगाएपछि छोरीले स्वस्थ महसुस गरिरहेको उनले बताएका छन्।
खोपपछि उनको शरिरमा ठूलो मात्रामा एन्टीबडी बनेको छ। राष्ट्रपति पुटिनले मंगलबारको आफ्नो सम्बोधनमा खोपले जाँचको धेरै चरण पार गरेको र सुरक्षित रहेको बताएका थिए।
रुसले को रोनाको पहिलो खोपको नाम ‘स्पुतनिक-V’ राखेको छ। र यसको तस्विर पनि सार्वजनिक गरेको छ। रुसका स्वास्थ्यमन्त्री मिखाइल मुराश्कोका अनुसार विश्वका २० देशले आफ्नो देशमा बनेको पहिलो को रोना खोपका लागि करौडौं डोजको प्रि-अर्डर गरिसकेका छन्।
रुसले ‘डाइरेक्ट इन्भेस्टमेन्ट फन्ड’बाट भ्याक्सिन ठूलो परिमाणमा बनाउन र विदेश प्रवर्द्धन गर्न लगानी गरिरहेको छ। रुसी वेबसाइटहरूका अनुसार भारत, साउदी अरेबिया, इन्डोनेसिया, फिलिपिन्स, ब्राजिल, मेक्सिको जस्ता देशहरूले यो खोपका लागि इच्छा देखाएका छन्। रूसले २०२० को अन्त्यसम्ममा यो खोपको २० करोड डोज उत्पादन गरिसक्ने योजना बनाएको समाचारमा जनाइएको छ। यस मध्ये रुसले ३ करोड आफूसँग राख्ने छ।
फेज-३ को ट्रायल पछि खोपको उत्पादन सेप्टेम्बरमा सुरु हुनेछ। रुसले तेस्रो चरणको ट्रायल २ हजार भन्दा बढि मानिसमा यही अगस्ट १२ देखि साउदी अरेबिया, ब्राजिल, भारत र फिलिपिन्स जस्ता देशहरूमा गर्ने योजना बनाएको समाचारमा जनाइएको छ।
रुसले आफ्नो देशमा बनेको पहिलो को रोना खोपलाई तत्कालिन सोभियत संघले पहिलो पटक बनाएको उपग्रह ‘स्पुतनिक-V’ को नाम दिएको हो। जसलाई सोभियत संघले १९५७ मा लन्च गरेको गरेको थियो। को रोना भा इरसबारे अहिले धेरै देशले खोप बनाइरहेका छन्।
रुसले एक महिना अघिनै आफ्नो खोप परीक्षणमा अगाडि रहेको संकेत गरेको थियो। र यसलाई १० देखि १२ अगस्टको बीचमा दर्ता गरिने बताएको थियो। सोही तयारी अनुसार रुसका राष्ट्रपति पुटिनले मंगलबार पहिलो खोप बनाएको घोषणा गरेका हुन। अमेरिका र बेलायत जस्ता पश्चिमा देशहरुले रसियाको यो खोपलाई पत्याएका छैनन्।
रुसमाथि खोप बनाउने सूत्र चो रेको आ रोप समेत लागिरहेको छ। अमेरिका लगायतका देशले प्रश्न उठाएपछि अरुले के भन्छ भन्ने कुरामा आफूहरु नलाग्ने रुसी अधिकारीले बताएका छन।
यो खोपलाई मान्यता दिने देशहरुमा खोप नोभेम्बर-डिसेम्बर सम्म ती देशमा उपलब्ध हुनसक्ने रुसले जनाएको छ। रुसले बनाएको यो औषधीमा विश्वास नहुने देशलाई खोप नदिइने र ती देशहरुलाई आफै खोप बनाउन रुसले जवाफ दिएको छ।
रुसी रक्षा मन्त्रालयका अनुसार ट्रायलमा खोप परीक्षणको नतीजा सर्वाजनिक भएको छ। खोप परीक्षण गरिएका स्वयंमसेवमा राम्रो इम्युनिटी विकास भएको प्रमाण फेला परेको छ। परीक्षण गरिएका स्वयंसेवकहरुमा यस औषधीको साइड इफेक्ट नदेखिएको दाबी गरिएको छ।
रुसले आफ्नो देशमा बनेको पहिलो खोप क्लिनिकल ट्रायलमा १०० % सफल भएको दाबी गरेको हो। रुसी अधिकारीहरुका अनुसार यो खोप दिइएपछि केहीमा ज्वरो आउँने गर्छ। उक्त ज्वरोलेनै शरीरमा एन्टिबडी विकास गर्ने दाबी गरिएको छ। ट्रायलको रिपोर्ट अनुसार खोप लगाइसकेका स्वयंसेवकहरूमा भा इरस वि रुद्धको इम्युनिटी विकास भएको हो।
गत वर्षको डिसेम्बरमा चीनको वुहानबाट फैलिएको को रोना म हामारीको प्र कोप पछि अहिले धेरै देश यो अदृश्य श त्रुसँग संघर्ष गरिरहेका छन्। म हामारीका रुपमा फैलिएको यो भा इरसबाट विश्वभर दुई करोडभन्दा बढी सं क्रमित भएका छन्। विश्व स्वास्थ्य संगठनका अनुसार मंगलबार दिउँसोसम्म विश्वभर को रोना भा इरस सं क्रमितको संख्या २ करोड २० लाख नाघेको छ ।