Intresting

”सुशान्त सिंह राजपुतलाई आफ्नै स्टाफले मिलेर मारेका हुन्, उनी ढोका खुल्लै राखेर सुत्थे”

मुम्बइ। अभिनेता सुशान्त सिंह राजपुतको मृत्यु भएको २ महिनाभन्दा बढी भइसकेको बेला उनका पूर्व म्यानेजर अंकित आचार्यले निकै गम्भीर दावी गरेका छन् । अंकितले सुशान्तलाई उनका स्टाफले नै मिलेर हत्या गरेको दावी गरे । उता पटनामा सुशान्तका काकातर्फबा दाजु तथा विधायक निरजले सुशान्तको विषयमा बयान दिनेहरुको हत्या हुने सम्भावना भएको बताएका छन् ।

एक अन्तरबार्तामा अंकितले सुशान्त निकै सकारात्मक व्यक्ति भएकोले उनले आत्महत्या गर्न नसक्ने दावी गरे । अंकितले आफूले सुशान्तसँग काम गर्दा सधैं सुशान्त आफ्नो कोठाको ढोका खुल्लै राखेर सुत्ने गरेको बताए । उनले सुशान्तले ढोका कहिल्यै बन्द नगर्ने बताउँदै उनका स्टाफले घटनाको दिन ढोका किन खोलेनन् भन्ने प्रश्न पनि उठाए । उनले सुशान्तको विषयमा बयान दिएमा आफूलाई मारिदिने धम्की आएको समेत खुलासा गरे ।

उता सुशान्तका दाजु निरजले सुशान्तको केसमा बयान दिनेहरुलाई धम्की दिइएको बताए । मुम्बइ पुलिसले उनीहरुलाई सुरक्षा नदिएको पनि उनले आरोप लगाए । बयान दिनेहरुलाई सुरक्षा दिन माग गरिरहेको बताउँदै उनले सर्वोच्च अदालतको फैसला आएपछि सुरक्षा र अन्य अहम विषयमा केन्द्रीय गृहमन्त्री अमित शाहसँग पनि कुरा गर्ने उनले बताए ।

Related Articles

Back to top button
Close