अब यति छोटो समयमै कोरोना परीक्षण, रिपोर्टबारे जानकारी दिने तरिका गज्जबको !
विश्व स्वास्थ्य संगठनबाट मान्यता प्राप्त प्रविधिबाट एक घण्टामै कोरोना परीक्षण रिपोर्ट दिन सकिने प्रविधिबाट कोरोना परीक्षण सुरु भएको छ । वीरगञ्जमा एक्सपर्ट एक्सप्रेस सार्स कोभिड–२ परीक्षण वीरगञ्जमै सुरु गरिएको हो ।
नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। मदन उपाध्यायका अनुसार जीन एक्सपर्ट प्रविधिबाट स्वाब परीक्षण गर्दा कोरोना संक्रमण भए नभएको जानकारी एक घण्टामा दिन सकिन्छ । विश्व स्वास्थ्य संगठनबाट मान्यता प्राप्त यो प्रविधि पनि राम्रो छ ।
जीन एक्सपर्ट प्रविधिबाट एक साता अघिदेखि नै कोरोना परीक्षण भइरहेको उनले बताए । तर यो विधिबाट सबैका लागि परीक्षण भने सम्भव छैन । सामान्य अवस्थामा नर्मल आरटी पीसीआर नै गरिन्छ ।
मोबाइल नम्बरमा नेगेटिभ रिपोर्टको जानकारी मोबाइलमा एसएमएस मार्फत जान्छ । पोजेटिभ रिपोर्ट आएका अर्थात कोरोना संक्रमण पुष्टि भएकालाई भने पुरानै प्रक्रियाबाट जानकारी गराइनेछ ।