News

दु:खद खबर: आजको दिन डरै लाग्नेगरी ठुलो सङ्ख्यामा थपिए कोरोना सङ्क्रमित, अवस्था झन् भयवित बन्दै

नेपालमा पछिल्लो २४ घण्टामा थप ६ सय ४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कुल संक्रमितको संख्या २६ हजार ६ सय ६० पुगेको जानकारी दिए । सक्रिय संक्रमितको संख्या ९ हजार २ सय २१ पुगेको छ ।

डा. गौतमले होम आइसोलेसनमा रहनेहरुको संख्या ४ सय ९७ रहेको जानकारी दिए । त्यस्तै पछिल्लो २४ घण्टामा १ सय ३४ जना संक्रमित निको भएका छन् भने अहिलेसम्म नेपालमा १७ हजार ३ सय ३५ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । उनले १५ हजार ३ सय ४३ जना क्वारेन्टाइनमा रहेको जानकारी दिए । विगत २४ घण्टामा १२ हजार २ सय ४७ को पिसिआर परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १०४ पुगेको छ । यो सँगै सक्रिय संक्रमितको संख्या ९ हजार २ सय २१ पुगेको छ ।

यो समाचार पुरा हेर्न तल क्लिक गर्नुहोला

त्यसैगरी पछिल्लो २४ घण्टामा थप १३४ जना कोरोना संक्रमणमुक्त भएका छन् देशका विभिन्न अस्पतालबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। योसहित नेपालमा हालसम्म १७ हजार ३३५ उपचारपछि निको भएका छन्। हाल निको हुनेको अनुपात ६५ प्रतिशत छ। हाल १५ हजार २ सय ४३ जना क्वारेन्टाइनमा छन्। आइतबार १२ हजार २ सय ४७ जनाको परीक्षण भएको छ भने हालसम्म ५ लाख १७ हजार ९ सय ७ जनाको परीक्षण भएको छ।

Related Articles

Back to top button
Close