News

काठमाडौंमा दिन प्रतिदिन खतरा बढ्दै, आज मात्रै अहिलेसम्मकै धेरै कोरोना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १७२ जना कोरोना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा १२६ जना, ललितपुरमा ३८ जना र भक्तपुरमा ८ जनामा कोरोना संक्रमण देखिएको छ।

काठमाडौं उप्यत्यकासहित देशैभर ६४१ जना कोरोना संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ। त्यसमध्ये २१८ जना महिला र ४१३ जना पुरुष रहेका छन्। त्यसैगरी देशैभर १०० जनाको आईसीयूमा उपचार भइरहेको छ भने ६ जना भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ। जसमा प्रदेश-२ मा ४१ जना, बागमती प्रदेशमा ४७ जना, गण्डकी प्रदेशमा १ जना र प्रदेश-५ मा ११ जना आईसीयूमा उपचार भइरहेको छ। बागमती प्रदेशमा ६ जनालाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ। त्यसै गरी पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ। एकजना पुरुषको पर्सामा र मोरङमा एकजना महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

 यो समाचार पुरा हेर्न तल क्लिक गर्नुहोला 

नेपालमा थप ६४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। आइतबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ६४१ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २६ हजार ६ सय ६० पुगेको छ। संक्रमितमध्ये १७ हजार ३३५ जना निको भएर घर फर्किएका छन्। प्रवक्ता गौतमका अनुसार आइतबारमात्रै कोरोनालाई जितेर १३४ जना घर फर्किएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टमा १२ हजार दुई सय ४७ जनाको नमुना पीसीआर बिधिबाट परीक्षण गरिएको छ।

त्यसैगरी आज २४ घन्टामा १३४ जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् । आजसम्म निको भई घर फर्कनेको सख्या १७ हजार ३ सय ३५ रहेको छ । काठमाडौं उपत्यकामा थपिएका मध्ये काठमाडौंका १२६ जना र ललितपुरका ३८ जना र भक्तपुरका ८ जना रहेका छन् । देशभर कुल संक्रमितको सख्या २६ हजार ६ सय ६० पुगेको छ । त्यस्तै कोरोनाका कारण आज दुई जनाको मृत्यु भएको छ।

Related Articles

Back to top button
Close