News

पोर्चुगलमा नेपाली युवा एक हप्तादेखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

काठमाडौँ । युरोपियन मुलुक पोर्चुगलमा एक नेपाली युवा बेपत्ता भएका छन् । पोर्चुगलको लिस्बन नजिकै सान्ता पोलोनियामा बस्दै आएका २७ वर्षीय अभिषेक आचार्य गएको एक हप्तादेखि बेपत्ता भएको एनआरएनए पोर्चुगलले जनाएको छ ।

विगत दुई वर्षदेखि पोर्चुगलमा बस्दै आएका आर्चायको नेपालमा घर सुनसरी हो । सम्पर्कविहीन भएपछि नेपालमा रहेको परिवारले अभिषेकको खोजी गरिदिन एनआरएनए पोर्चुगललाई आग्रह गरेका छन् ।

परिवारको आग्रहमा अहिले संघले अभिषेकको खोजीकार्य सुरु गरेको छ । बेपत्ता अभिषेकको बारेमा संघले स्थानीय प्रहरीमा समेत उजुरी गरिसकेको छ ।

सहयोगका लागि हार्दिक अपिल !!!
” युवक हराएको सूचना”
नेपालमा स्थाई घर सुनसरी जिल्ला भई बिगत २ बर्ष देखी पोर्तुगलको राजधानी लिस्बोन नजिकै सान्ता- पोलोनियामा बसोवास गर्दै आउनु भएका अन्दाजी बर्ष २७ का श्री अभिशेक आचार्य बिगत १ हप्ता बाट निजको परिवार, साथीभाई कसैको पनि सम्पर्कमा नआएको र निजको परिवारको आग्रह अनुसार खोजी कार्यको लागि गैर आवासीय नेपाली संघ पोर्तुगलमा सम्पर्क गरि खोजी गरिदिनुहुन भन्ने आग्रह अनुसार आज गैर आवासीय नेपाली संघ पोर्तुगलका पदाधिकारीहरुको अगुवाईमा आबश्यक खोजिकार्यका लागि मार्तिम मुनिज स्थित प्रहरी कार्यलयमा निबेदन सहित जानकारी गराइएको छ ।
त्यसैले तपाईं हामी जो कोहि पनि पोर्तुगलबासि नेपाली दाजुभाई दिदी बहिनिहरुले निजलाई कही कतै देख्नु भएमा वा भेट्नु भएमा तल उल्लेखित देहाय बमोजिमका फोन नम्वरहरु वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरी सहयोग गरिदिनु हुन विनम्र अनुरोध गर्दछौं । धन्यवाद ।
सम्पर्क नम्बरहरु;
१. ९२००३०९६४ – तिलक प्रसाद गैरे
२. ९२०२९९५७४ – अशोक गुरुङ
३. ९२००५९२७२ – सीता श्रेष्ठ ४. ९२०४०४०३५ – हेमराज सुवेदी
५. ९२०५५७९८८ – यमेन्द्र कुमार घर्ती ६. ९१६७८७०५९ – प्रकाश ढकाल
हेमराज सुबेदी
(महासचिव)
गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् पोर्तुगल |
मिति : १४ अगस्ट २०२० ।

 

Related Articles

Back to top button
Close