News

वीरगन्जमा दुई मृगौला बिरामीसहित थप २९ जना कोरोना संक्रमित डिस्चार्ज

वीरगन्ज — वीरगन्ज हेल्थ केयर अस्थायी कोरोना अस्पतालबाट शनिबार साँझ दुई जना मृगौला बिरामीसहित २९ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । नारायणी अस्पतालमा डायलसिस गराउँदै आएका मृगौलीका दुई जना बिरामीमा कोरोना पोजिटिभ देखिएपछि कोरोना अस्पतालमा भर्ना गरिएको थियो ।

हेल्थ केयर अस्पतालमै उनीहरुको डायलासिस समेत गरिएको थियो । अस्पतालका निर्देशक डा.अबुल हैस अन्सारीका अनुसार कोरोना जितेर दुई जना मृगौला बिरामीसहित २९ जना घर फर्किएका हुन् ।

डिस्चार्ज हुनेमा ५ जना महिलासमेत छन् । पूर्व राज्यमन्त्री एवं कांग्रेसका केन्द्रीय सदस्य अजय चौरसिया, वीरगन्ज कारागारका जेलर श्रवण पोखरेल, वीरगन्ज महानगरापालिका– ४ का वडाध्यक्ष जगत नारायण पनि कोरोना जितेर शुक्रबार साँझ डिस्चार्ज भएको स्वास्थ्य कार्यालय पर्साका स्वास्थ्य निरीक्षक जयमोद ठाकुरले बताए । पछिल्लो पीसीआर रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको ठाकुरले जनाए ।

Related Articles

Back to top button
Close