Video

लामो समय सम्म सँगै बसेकी प्रेमिका अंकिताले जव सुशान्तको दु:खद खबर थाहा पाइन् तब…(भिडियो हेर्नुहोस)

बलिउड अभिनेता सुशान्तसिंह राजपुतले देहत्याग गरेका छन्। मुम्बईको बान्द्रास्थित आफ्नै घरमा उनले आइतबार पा सो लगाएर देहत्याग गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। अभिनेता लकडाउनको बेला एक्लै बस्दै थिए । प्रहरी उनको अपार्टमेन्ट पुगेको छ तर देहत्याग कारण भने खुलेको छैन। भारतयी सञ्चार माध्यमले जनाएअनुसार उनी केहि दिन देखि अस्वस्थ महसुस गरिरहेका थिए । भारतीय समाचार माध्यामले जनाए अनुसार सुशान्त र उनका केहि साथीहरु घरमा संगै थिए उनि साथीहरुसंग बिदा भएर आफ्नो कोठामा चुक्कल लागेर सुतेको खुलेको छ । पछि साथीहरुले बोलाउंदा ढोका नखुलेपछि उनीहरुले झ्यालबाट हेर्दा झु ण्डीएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

उनको यो खबरसंगै अहिले बलिउडमा एउटा छुट्टै सन्नाटा छाएको छ । यसै क्रममा पूर्वप्रेमिका अंकिता लोखण्डे उनको दु:खद खबर सुनेपछि निशब्द बनेकी छिन् । भातरीय मिडियाले अंकितालाई सुशान्तले देहत्याग गरेको विषयमा प्रश्न गरेपछि उनले ‘के ????….’ भनेर फोन का’टिदिएकी छिन् ।उनीहरु दुवै टेलिभिजन सिरियल ‘पवित्र रिश्ता’मा लामो समय काम गरेर चर्चित भएका थिए । यसै सिलसिलामा उनीहरु सम्बन्धमा समेत रहेका थिए । पछि सुशान्त बलिउड गएपछि उनीहरुहरु सम्बन्धमा ब्रेकअप भएको थियो ।

Related Articles

Back to top button
Close