International

खुसीको खबर! रुसले कोरोना खोपको डोज उत्पादन सुरु गर्यो

काठमाडौं । रुसले शनिवारबाट कोरोना भाइरस विरुद्धको खोपको मात्रा (डोज) उत्पादन सूरु गरेको छ।

रुसी न्युज एजेन्सी इन्टरफेक्सले शनिबार स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै रुसले कोरोनाको नयाँ खोप उत्पादन सुरु गरेको जनाएको छ।

रुसी स्वास्थ्य मन्त्रालय मातहत रहेको गमलेया इन्स्टिच्यूटले बनाएको कोरोना खोप उत्पादनको पहिलो ब्याचको औषधी यसै महिनाको अन्त्यसम्म बाहिर ल्याउँने रुसले जनाएको छ।

फिलिपिन्स लगायतका देशमा फेज ३ को ट्रायलमा हजारौं मानिसलाई उक्त खोप दिइने रुसी अधिकारीहरुले जनाएका छन्।

यहि हप्ताको मंगलबार रुसी राष्ट्रपति भ्यादिमिर पुटिनले देशमा कोरोनाको पहिलो खोप बनेको घोषणा गरेका थिए।

उक्त खोप विश्वको पहिलो कोरोना खोप भएको दाबी गरिएको छ। शनिबारबाट रुसले खोपको मात्रा उत्पादन सुरु गरेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।रुसी स्वास्थ्यमन्त्रीले खोपको पहिलो ब्याच देशका चिकित्सक र शिक्षकलाई दिइने बताएका छन्।

रुसले आफ्नो खोपको बचाउ गरेपनि केही वैज्ञानिकले भने यसमा शंका व्यक्त गरेका छन्।

सबैको जानकारीको लागि सिएर गर्नुहोला

Related Articles

Back to top button
Close