Intresting

आखिर किन केटीलाई मात्र प्रश्न उठाइन्छ ? हेर्नुहोस् रोचक खबर

सुविन भट्टराईको चर्चित उपन्यास ‘समर लभ’बाट नेपाली चलचित्रमा भित्रिएकी नायिका हुन् रेवती क्षेत्री । उक्त चलचित्र खेल्नु भन्दा पहिला उनले बलिउडमा मोडलिङ गर्दै आएकी थिइन् भने उनले दर्जन भन्दा बढी भारतीय म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन् । रेवती २०१६ की मिस इन्टरनेशनल इंडिया पनि हुन् ।

पहिलो चलचित्रबाट उनको अभिनय र सुन्दरताको निकै प्रशंसा भए पनि त्यस पछि अर्को कुनै चलचित्रमा देखिएकी थिइनन् । रेवती पछिल्लो समय निकै चर्चामा रहेकी छन् । चलचित्रको एक दृश्यमा नायिका रेवती क्षेत्री बाथटपमा नुहाउँदै गरेको दृश्य सार्वजनिक भएको थियो भने उक्त दृश्यले उनको चर्चा परिचर्चा झन् चुलिएको थियो भने त्योसंगै उनी ट्रोलको शिकार पनि बनेकी थिइन् ।
यो चलचित्रको एक दृश्यमा नायिका रेवती क्षेत्री बाथटपमा नुहाउँदै गरेको दृश्य देख्न सकिन्छ । कतिपयले यसलाई न्यू’ड दृश्यको भाषा समेत दिएका छन् । नायिका क्षेत्रीले भने यो कुरामा आपत्ती जनाएकी छिन् । उनले पत्रकारसँग भनिन् ‘एउटा नायकले सर्ट खोलेर अभिनय गर्दा नांगिएको नहुने । तर, एउटा यूवतीले बाथटपपमा नुहाएको दृश्य खिच्दा नांगिएको हुने ।

किन, सर्ट खोलेर अभिनय गर्ने केटामाथि प्रश्न उठाइदैन । किन केटीलाई मात्र प्रश्न उठाइन्छ । रेवती र चलचित्रका मुख्य नायक आशिष पियाको अन्तरंग दृश्य चलचित्रमा फिचरिङ गरिएको छ । उनले ‘न्यू’डिटी’ भनेको के हो भनेर प्रश्न गरिन् ? चलचित्रका नायक आशिष पियाले चलचित्रमा बेडसिन दिन सुरुमा केही असजिलो लागेतापनि पछि आफूलाई सहज भएको बताए ।

निर्देशकले सिकाउँदै गएपछि आफूलाई पछि यस्तो दृश्य गर्न सहज भएको उनले सुनाए । चलचित्रका मुख्य भूमिका निभाएकी नायिका रेवती र नम्रता सापकोटा निकै खुलेर काम गर्ने भएकाले पनि आफूलाई बेडसिनमा खासै गाह्रो नभएको उनले सुनाईन ।

Related Articles

Back to top button
Close