Intresting

वि’वाह अघि अधिकाशं पुरुषले,बोल्ने यी झु’टहरु, तपाइले पनि बोल्नु भयो कि?

विवाह एक पवित्र बन्धन हो । विवाहसंगै पुरुष र महिला हरेक तवरबाट एक अर्काबिच भावानात्मक रुपमा नजिक हुन्छन् । विवाह सबै ब्यक्तिका लागि महत्वपुर्ण तथा निर्णायक कदम हो । विवाह अघि धेरैको आआफ्नै केहि न केहि विगत हुन्छ । जसलाई आफ्नो हुनेवाला जिवनसाथि माझ साझा गरेमा भोलि त्यसबाट समस्या उत्पन्न नहुन सक्छ ।

तर के तपाईलाई थाहा छ, विवाह हुनुअघि पुरुषले महिलालाई प्रभावित गर्न केहि झुटहरु बोलेका हुन्छन् । विवाह अघि केटाहरुले बोल्ने झुटहरु यस्ता छन् । अहिलेसम्म मेरो कोहीसँग अ’फियर नै चलेको छैन । तिमी मात्र एकजोर लुगामा आऊ । विवाह पछि म यो सब छोडिदिन्छु । तिम्रो र मेरो परीवार दुबै बराबर । तिमी संसारको सबैभन्दा राम्री छौ । तिमी नै मेरो सबैथोक हौ । आदि ।

अहिलेसम्म मेरो कोहीसँग अ’फियर नै चलेको छैन विवाह अगाडि अधिकाशं पुरुषले बोल्ने सबैभन्दा ठुलो झुट नै यहि हो । केटाहरुका चाहे जति जना गर्लफ्रेण्ड हुन्, विवाह अघि त्यसलाई नर्काने गर्दछन् । मन परेको केटिलाई विवाह अघि केटाले बोल्ने अर्को झुट विवाहको कुनै तयारी नगरी आफुले लगाएको लुगामा मात्र घर आउन भन्छन् ।

यर्थाथमा उनीहरुले त्यसो भन्नुको पछाडि मन परेको मान्छेलाई गुमाउन नचाहानु र केटिलाई प्रभावित पार्नु नै हो । अधिकाशं केटाले विवाहअघि बोल्ने अर्को झुट भनेको आफुमा रहेको कुनै खराब अम्मल अर्थात म’द्यपान, धु’म्रपान, सु’र्ति लगायतको से’वन गर्ने बानि विवाह पछि छोड्ने बताउछन् । केटाले विवाह गर्नु अघि घर पक्ष र ससुराली पक्ष दुबै बराबर हुने बताउँछन् ।

दुबै तर्फको परीवारलाई समान ब्य’वहार गर्ने उनिहरुको प्रतिवद्धता हुन्छ जो कालान्तरमा अधिकांश केटाहरु पुरा गर्न सक्दैनन् । हरेकलाई थाहा छ, सुन्दरताको कुनै स्पष्ट परिभाषा हुदैन । हरेक सुन्दरता हेर्ने दृष्टिमा भर पर्छ । तर विवाह अघि केटाले केटिलाई आर्कषित गर्न उनि नै संसारको सबैभन्दा राम्री भएको झुट बोल्छन् । यर्थाथ संसारमा अरुपनि धेरै राम्रा हुन्छन् । विवाहअघि केटाले केटिलाई तिमी नै मेरो सर्वश्व हौ भनेर मख्ख पार्छन् ।

तर विवाहको केहि समयपछि विस्तारै केटाहरु समय दिन सक्दैनौ । साथै श्रीमतीले भनेको कुरा समयमा पुरा गर्न सक्दैनन् । विवाह अघि पुरुषले हुनेवाला जीवनसाथिलाई उनी हरेक रुपमा राम्री लाग्ने बताउछन् । शुरु शुरुमा श्रीमतीका हरेक कुरा मनपर्ने श्रीमानलाई पछिपछि उनको त्यहि बानि तथा पहिरनमा कमजोरी देख्न थाल्छन् ।

Related Articles

Back to top button
Close