International

अमेरिकालाई कोरोना भ्याक्सिन सहयोग गर्ने रुसको प्रस्ताव अमेरिकाले अस्वीकार गर्‍यो

काठमाडौं। रुसले अमेरिकालाई अभूतपूर्व सहयोग गर्ने प्रस्ताव गरेको रुसी अधिकारीहरुले बताएका छन् । मस्कोका रुसी अधिकारीहरुले अमेरिकी समाचार संस्था सीएनएनसँग कुरा गर्दै अमेरिकाले कोरोनाभाइरसको प्रभावकारी भ्याक्सिनको खोजीका लागि संचालन गरेको अपरेशन वार्प स्पिडलाई सहयोग गर्ने प्रस्ताव दिइएको बताएका छन् । तर, अमेरिकाले रुसको सहयोग तत्काल लिन अस्वीकार गरेको अधिकारीहरुले सीएनएनलाई बताएका छन् ।

‘अमेरिकामा रुसप्रति आम रुपमा अविश्वासको वातावरण छ र हामीलाई लाग्छ कि यही अविश्वासका कारण अमेरिकाले भ्याक्सिन, टेस्टिङ र उपचारजस्ता प्रविधिहरु पनि स्वीकार गरिरहेको छैन’ एक वरिष्ठ रुसी अधिकारीले भने । ह्वाइट हाउसकी प्रेस सेक्रेटरी केली म्याकेन्नीले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई रुसी भ्याक्स्निको बारेमा ब्रिफिङ गरिएको बताएकी छिन् । उनले अमभेरिकी भ्याक्सिन कठोर फेज ३ टेस्टिङ र उच्च स्तरबाट पार हुने बतायन् ।

अर्का अमेरिकी अधिकारीले यो भ्याक्सिनलाई अमेरिकाले आधा मात्र विकसित मानेकोले यसले अमेरिकी चासोलाई तान्न नसकेको बताए । ‘अमेरिकाले यसलाई बाँदरलाई लगाउने समेत प्रयास गर्ने छैन, मानिसको त कुरै छोडौं’ उनले सीएनएनसँग भने । रुसले मंगलबार आफूले कोरोनाभाइरसविरुद्ध भ्याक्सिन विकसित गरेको घोषणा गरेको थियो । राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नी छोरीले समेत यो भ्याक्सिन लगाएको बताएका थिए ।

Related Articles

Back to top button
Close