International

इजराइल र यूएईबीच ऐतिहासिक शान्ति सम्झौता

अबुधावी (एजेन्सी)। इजराइल र सँयुक्त अरब इमिरेट्स (यूएई)बीच ऐतिहासिक शान्ति सम्झौता भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजराइल–यूएई शान्तिम सम्झौता भएको घोषणा गरेका छन्।

बीबीसीका अनुसार सँयुक्त वक्तव्यमा इजराइलका प्रधानमन्त्री बेन्जामिन नेत्न्याहु र अबुधाबीका क्राउन प्रिन्स मोहम्मद अल नाहयानले यो शान्ति सम्झौताले मध्यपूर्वमा शान्ति लयाउने विश्वास व्यक्त गरेका छन्। र इजराइलले वेस्ट बैंकको एक ठूलो भागलाई इजराइलमा गाभ्ने योजना तत्कालका लागि स्थगित गरेको वक्तव्यमा जनाइएको छ।

खाडीका अरब मुलुकहरुसँग कूटनीतिक सम्बन्ध नरहेको इजराइलका लागि यो सम्झौता ऐतिहासिक रहेको विश्लेषण गरिएको छ। १९४८ मा इजराइल स्वतन्त्र भएको घोषणा गरिएपछि अरब मुलुकहरुले त्यसको विरोध गरेका थिए। चारैतिर मुस्लिम मुलुकले घेरिएको बीचमा सानो यहुदी राष्ट्र इजइरालको अरवब मुलुकहरुसँग कहिल्यै पनि राम्रो सम्बन्ध रहेन। एक पटक त अरब–इजराइल युद्धसमेत भइसकेको छ। जसमा इजराइल विजेता बनेको थियो। त्यसो त जोर्डन र इजिप्टबीच पनि इजराइलको कूटनीतिक सम्बन्ध छ।

अन्य अरब मुलुकसँग भने इजराइलको कुटनीतिक सम्बन्ध छैन। तर, इरान विरोधी अरब मुलुकसँग इजराइलको अनौपचारिक कुरा हुने गरेको छ।
शान्ति सम्झौतासँगै द्वीपक्षीय व्यापार, पर्यटन, ऊर्जा, प्रविधिका, हवाई सेवाका क्षेत्रमा पनि सम्झौता हुने जनाइएको छ। यो सम्झौता पनि मध्य पूर्वको शक्ति सन्तुलनमा नयाँ आयम देखिने अनुमान गरिएको छ।

Related Articles

Back to top button
Close