Sport

विश्वकप छनोटका खेल स्थगित

काठमाडौं — कोरोना संक्रमणको कारण देखाउँदै विश्वकप छनोट २०२२ अन्तर्गत नेपालका बाँकी तीन खेल बुधबार स्थगित गरिएका छन् । एसियाली फुटबल महासंघ (एएफसी) ले महामारीका कारण धेरै देशले छनोट खेल गर्न नसक्ने भएको जनाउँदै स्थगित गरेको हो । यो एसियाकप छनोटको खेल पनि हो ।

नेपालले दशरथ रंगशालामा चिनियाँ ताइपेयी, अस्ट्रेलिया र जोर्डनविरुद्ध खेल्ने कार्यक्रम थियो । यसका लागि एएफसीले मितिसमेत तय गरिसकेको थियो । अखिल नेपाल फुटबल संघ (एन्फा) ले यसकै लागि भनेर राष्ट्रिय टिमको तयारीसमेत सुरु गरिसकेको थियो । यसै साता मात्र एन्फाले खेलाडीलाई बोलाएर कोरोना परीक्षण गरेको थियो
विश्वकप छनोटका खेल स्थगित भएको यो दोस्रो पल्ट हो । यससँगै अब छनोट कहिले हुने हो, त्यसबारे पनि अन्योल छाएको छ । छनोटका खेल सन् २०२० सम्मका लागि स्थगित गरिएको छ । एएफसीले आफ्नो वेबसाइटमा जनाएअनुसार अब बाँकी खेल सन् २०२१ मा फेरि नयाँ मिति तय गरिनेछ ।

Related Articles

Back to top button
Close