News

ताजा समाचार कोरोना संक्रमणबाट पाटन अस्पतालमा जनकपुरकी ३८ वर्षीया महिलाको मृत्यु

ललितपुर — पाटन अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

साउन १८ गतेदेखि पाटन अस्पतालमा उपचार गराइरहेकी जनकपुरकी ३८ वर्षीया महिलाको कोरोना संक्रमणबाट बुधबार मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डाक्टर खगेश्वर गेलालले जानकारी दिए ।

त्यस्तै मंगलबार राति जनकपुरकै ७३ वर्षीय कोरोना संक्रमित पुरुषको मेडिसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । मंगलबार राति नै बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा कपिलवस्तुका ४२ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

Related Articles

Back to top button
Close