Video

बर्षकै उत्कृष्ट मेन्दो माया गीत “महेन्द्र माली” को म्यूजिक भिडियो सर्बनाजिक

गायक रोम लामा ब्लेन्देन को ” महेन्द्रमाली” म्हेंदोमाया डान्सिङ्ग नम्बर गितको म्यजिक भिडियाे YouTube मा सार्बजनिक भएको छ ।एक पछि अर्को गर्दै गायक रोम लामा ब्लेन्देनले म्हेंदोमाया गीतको म्युजिक भिडियो बजारमा ल्याइ रहेका छन् ।यसै क्रमलाई निरन्तरता दिदै गायक लामाले फेरि अर्को एउटा आशा लाग्दो म्हेंदोमाया गीत “महेन्द्र माली” डान्सिङ्ग नम्बर रहेको गीतको म्युजिक भिडियो बजारमा ल्याएको छ । यसको बजार ब्यबस्थापन भने जिग्मे मिडिया प्रोडक्सन ले गरेको छ ।

प्रवासमा रहेर पनि आफ्नो भाषा संस्कार संस्कृतिको जगेर्ना गर्नको लागि गायक लामाले निरन्तरता तामाङ भाषाको पश्चिम् क्षेत्र धादिङ , नुवाकोट र रसुवा जिल्लामा गाइने म्हेंदोमाया गीतको भिडियो बजारमा ल्याइरहेको छ ।गायक रोम लामा र गायिका टीकामाया चोथेनको मिठो अवाजमा सजिएको यस गीतको संगीत भने अहिलेका चर्चित म्हेंदोमाया गायिका मिना लामा थोकरको रहेको छ । शब्द रचना आर.बि. वाङ्देन लामाको छ भने संगीत संयोजक अमृत लाव्गुनको रहेको छ, अडियो मिक्सिङ: डिका गुरुङ, र रेकर्डिङ काठमाडौं डिजिटलमा गरिएको हो ।

उक्त्त भिडियोमा कलाकार सुरज लामा / रितु लामाको अभिनय देख्न पाउने छ । निर्देशन/ कोरियोग्राफर- देव दोर्जे लामाको रहेको छ भने छायांकन डीका गुरुङको रहेको छ त्यसै गरी मेकअपमा दिपसन परियार, भिडियो इडिटिङ तथा कलर सुराज लामा गोम्जाको रहेको छ ,

प्रोंडकशन म्यानेज प्रकाश गोले र पोष्ट प्रोंडकशन जी। एस. इन्टरट्यानमेन्टको रहेको छ।

भिडियो हेर्न को लागि तलको लिंकमा क्लिक गर्नु होला ।

Related Articles

Back to top button
Close