News

ताजा समाचार लामो दूरीका सवारी र हवाइ उडान भदौ १५ सम्म बन्द

काठमाडौँ — सरकारले लामो दूरीका सवारी र हवाइ उडान भदौ १५ सम्म बन्द गर्ने निर्णय गरेको छ । कोरोनाको संक्रमण झन् फैलन थालेपछि सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । सरकारले यसअघि भदौ १ गतेदेखि चल्न दिने निर्णय गरेको थियो ।

बैठकले २ सय भन्दा बढी कोरोना संक्रमित भएका जिल्लामा यातायातका साधान भित्रिने र बाहिर जान नदिने निर्णय गरेको छ । कोरोनाका बिरामीहरूको संख्या २ सयभन्दा बढी भएका जिल्लाहरुमा अत्यावश्यक बाहेकका सवारी साधानहरुलाई भित्रिन र बाहिरिन नदिने निर्णय गरेको हो ।
‘अत्यावश्यक परेर पास बनाएका र बिरामी बाहेक अरूको आवागमनमा कडाइ गर्ने निर्णय भएको छ,’ स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कान्तिपुरलाई भने । २ सयभन्दा बढी संक्रमित रहेका जिल्लाहरु उच्च निगरानीमा रहेको समेत उनले बताएका छन् ।

यस्तै सरकारले भदौ मसान्तसम्म सीमा नाकाहरु बन्द गर्ने निर्णय पनि गरेको छ ।

Related Articles

Back to top button
Close