News

खुसीको खबर! को’रोना विरु’द्धको खोपको परीक्षण सफल, पहिला स्वास्थ्यकर्मीलाई दिइने

एजेन्सी,२५ साउन । रुसले को’रोना वि’रुद्धको खोप आफुले निर्माण गर्न सफल भएको दा’बी गरेको छ । के अब यसले को’रोना भा’इरस विरुद्धको ल’डाँइलाई जित्ला ? संसारभर रुसले बनाएको भनेको यो खोपबारे निकै चर्चा चलिरहेको छ । रुसले १२ अगस्टमा कोरो’ना वि’रुद्धको खोप दर्ता गर्ने जनाएको छ। रुसका उपस्वास्थ्य मन्त्री ओलेग ग्रीडनेभले १२ अगस्टमा को’रोना भा’इरस विरु’द्धको खोप दर्ता गर्ने र आगामी महिनाबाट उत्पादन सुरु गर्ने जानकारी दिनुभएको छ । उहाँले खोप बताउनुभयो । यो खोप रक्षा मन्त्रालय र गामलेया रिसर्च इन्स्टिच्यूटले संयुक्त रुपमा विकास गरेका हुन्।रुसले मानिसमा गरिएको अन्तिम चरणको खोपको परीक्षण सफल भएको र छिट्टै बजारमा खोप ल्याउने बताएको छ । जुन १८ देखि क्लिनिकल ट्रायल भएको थियो । परीक्षणमा सहभागी सबैको रोग प्रतिरक्षा विकास भएको पाइएको थियो । पहिलो चरणको परीक्षणमा सहभागि भएकालाई जुलाई १५ र दोस्रो चरणकोलाई जुलाइ २० मा डिस्चार्ज गरिएको थियो।स्वास्थ्यमन्त्री मिखाइल मुराश्कोले सेप्टेम्बरको अन्त्यसम्ममा खोपको उत्पादन हुने बताउनुभयो। संसारभर सय भन्दा बढी खोपको परीक्षण भइरहेको छ जसमा केहीको अन्तिम परीक्षण चलिरहेको छ यद्यपी हालसम्म आधिकारिक रुपमा को’रोना वि’रुद्धको खोप आइसकेको छैन । गत डिसेम्बरबाट देखिएको कोरो’ना संक्र’मणबाट संसारभर १ करोड ९४ लाख ९९ हजार मानिस बि’रामी भएका छन् भने ७ लाख २३ हजार ८८९ संक्र’मितको मृ’त्यु भइसकेको छ । १ करोड १८ लाख ६४ हजार संक्र’मित निको भएका छन्।

Related Articles

Back to top button
Close