Sport

युभेन्ट्सले प्रशिक्षक सारीलाई गर्‍यो बर्खास्त

टुरिन — युभेन्ट्सले शनिबार आफ्ना प्रशिक्षक मउरिजो सारीलाई बर्खास्त गरेको छ । सारीले क्लब सम्हाल्ने एक वर्षको अवसर मात्र पाए । उनको नेतृत्वमा युभेन्ट्सले लगातार नवौं पल्ट इटालीको सिरी ए उपाधि जितेको थियो ।

तर क्लब युरोपेली च्याम्पियन्स लिगमा अन्तिम १६ बाट नै बाहिरिएको थियो । शुक्रबार रातिको खेलमा युभेन्ट्सले लियोनलाई हराएपछि ‘अवे गोल’ को आधारमा बाहिरिएको थियो ।
चेल्सीमा एक वर्ष बिताएयता गत सिजनमात्रै ६१ वर्षीय सारीले युभेन्ट्ससँग तीन वर्षको अनुबन्ध गरेका थिए । लिगमा पनि युभेन्ट्स आफ्नो अन्तिम चारमध्ये तीन खेलमा पराजित रहेको थियो ।
लिगको अन्त्यमा युभेन्ट्स दोस्रो स्थानमा रहेको युभेन्ट्सभन्दा एक अंकले मात्र अगाडि रहन सक्यो । युभेन्ट्सले सन् १९९६ यता च्याम्पियन्स लिग जित्न सकेको छैन ।

Related Articles

Back to top button
Close