News

३६० जना कोरोना संक्रमित थपिए, २४ घन्टामा २३३ जना डिस्चार्ज

काठमाडौँ — नेपालमा थप ३६० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बिहीबारको पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा ३६० जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

उनका अनुसार पछिल्लो २४ घन्टामा २३३ जना कोरोना संक्रमित निको भएर घर फर्कीएका छन् । यो सँगै निको हुनेको संख्या १५ हजार ३८९ जना पुगेको छ ।
मन्त्रालयका अनुुसार पीसीआर विधिबाट हालसम्म ४ लाख १९ हजार ५७५ परीक्षणहरु गरिएका छन् । त्यसैगरी पछिल्लो २४ घण्टामा भने ६ हजार ६२२ पीसीआर परीक्षण भएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ९ हजार ४७० जना रहेका छन् ।

Related Articles

Back to top button
Close