News
स्कुटरको ठक्करबाट भक्तपुरमा पैदलयात्रुको मृत्यु
भक्तपुर — स्कुटरको ठक्करबाट भक्तपुरमा पैदलयात्रुको मृत्यु भएको छ । प्रहरीका अनुसार बुधबार दिउँसो चाँगुनारायणबाट भक्तपुरतर्फ
आउँदै गरेको प्रदेश ३–०२–०१५ प ७२६५ नम्बरको स्कुटरको ठक्करबाट सख्त घाइते भक्तपुर नगरपालिका–२ भोलाछेंकी ४१ वर्षीया सुन्दरी सुवालको उपचारका क्रममा मृत्यु भएको हो ।
स्कुटरको ठक्करबाट घाइते भएकी महिलाको उपचारको क्रममा न्यूरो अस्पताल बाँसबारीमा बिहीबार मृत्यु भएको भक्तपुर प्रहरी प्रवक्ता डीएसपी दीपक गिरीले बताए ।
पैदलयात्रुलाई ठक्कर दिने स्कुटर र स्कुटर चालक चाँगुनारायण नगरपालिका–६ छालिङका २२ वर्षीय आशिष कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।