News

बुधबार वीरगन्जमा देखियो अहिलेसम्मकै धेरैलाई कोरोना

बुधबार वीरगन्जमा एकैदिन १ सय ३३ जना व्यक्तिलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण पुष्टि भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदनकुमार उपाध्यायले जानकारी दिए।

संक्रमितमध्ये १७ जना बारा जिल्लाका र बाँकी सबै पर्साका छन्। उनीहरू ८ वर्षदेखि ७४ वर्षसम्मका रहेको डा. उपाध्यायले बताए। पर्सामा बुधबार नै दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ।

जसमा १८ वर्षीया किशोरी र ४६ वर्षीय पुरुष छन्। युवतीको भने मृत्युपछि कोरोना पुष्टि भएको हो। उनको आइतबार बिहान नेसनल मेडिकल कलेजमा भर्ना गर्न खोज्दाखोज्दै मृत्यु भएको थियो।

पछिल्लो समय वीरगन्जमा कोरोना संक्रमणको जोखिम ह्वात्तै बढेको छ। सोही अनुसार वीरगन्जमा परीक्षणको दायरा पनि बढाइएको छ।

स्वास्थ्य मन्त्रालयले वीरगन्जका लागि भनेर स्वास्थ्य विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंह नेतृत्वको उच्चस्तरीय टोली खटाएको छ।

Related Articles

Back to top button
Close