News

लेवनान विष्फोटको घटनामा नेपालीहरु सुरक्षित

काठमाडौँ । लेवनानको राजधानी बेरुतमा भएको ठूलो विस्फोटनमा त्यहाँ कार्यररत नेपालीहरु भने सुरक्षित रहेका छन् ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) लेवनानका अध्यक्ष अशोक थापाका अनुसार बुधबार बिहानसम्म त्यहाँ कार्यरत कुनै पनि नेपालीहरुलाई क्षति भएको छैन् । ‘घटनामा अहिलेसम्म कुनै पनि नेपालीलाई क्षति भएको भन्ने जानकारी हामीलाई छैन,’ बेरुतबाट डिसी नेपालसँग उनले भने, ‘हामी हाम्रा विभिन्न संयन्त्रमार्फत थप कुराहरु बुझिरहेका छौँ । नेपाली बसिरहेका घरहरुमा सामान्य क्षति भए पनि अन्य कुनै मानवीय क्षति भने भएको छैन ।’

अध्यक्ष थापाका अनुसार लेवनानमा अहिले २ हजारदेखि २५ सयको हाराहारीमा नेपालीहरु कार्यररत छन् । उनीहरुमध्ये अधिकांश घरेलु महिला कामदार हुन् । त्यसबाहेक केही पुरुषहरु होटल, रेष्टुरेन्ट तथा कम्पनीहरुमा कार्यररत छन् ।

लेवनानमा नेपाली दूतावास छैन । त्यहाँको मामिला इजिप्टको कायरोमा रहेको नेपाली दूतावासले हेर्ने गर्छ । घटना भएपछि इजिप्टस्थित दूतावासले पनि लेवनानको नेपाली समुदाय र त्यहाँको सम्बन्धित निकायसँग नेपालीहरुको अवस्थाबारेमा सोधपुछ गरिरहेको अध्यक्ष थापाको भनाइ छ ।

थापाले घटनाबाट कोही नेपालीहरु समस्यामा परेको भए आफूहरुको सम्पर्कमा आउन समेत आग्रह गरेका छन् । घटना स्थानीय समयअनुसार बेलुका ६ बजेतिर भएको उनले बताए । घटना भएको बेला आफू ड्यूटीमा रहेको थापाले बताए ।

बीबीसीका अनुसार घटनामा कम्तीमा ७८ जनाले ज्यान गुमाएको र ४ हजार भन्दा बढी घाइते भएका छन् । अनलाइनमा राखिएका भिडिओमा धूवाँको विशाल मुस्लो र धेरै क्षति भएको देखिन्छ। अधिकारीहरूले एउटा गोदाममा ६ वर्षदेखि राखिएको विस्फोटक पदार्थका कारण उक्त घटना घटेको बताइरहेका छन्।

भिडियोमा हेर्नुस् यस विषयमा एनआरनए लेवनानका अध्यक्ष अशोक थापासँग डिसी नेपालका ग्लोवल संयोजक बिनेश खनालले

Related Articles

Back to top button
Close