News

यि हुन बिदेशबाट उद्दार गर्नुपर्ने नेपालिको सुची, हे’र्नुस कुन देशमा कति छ्न?

काठमाडौं– सरकारले कोरोना भाइरस (कोभिड–१९) को महामारी र लकडाउनका कारण विदेशमा अलपत्र भएका र उद्दार गर्नैपर्ने अवस्थामा रहेका नेपालीहरुको सूची तयार पारेको छ ।

परराष्ट्र मन्त्रालयले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई सोमबार बुझाएको विवरणअनुसार पहिलो प्राथमिकताका आधारमा उद्दार गर्नुपर्ने नागरिकको संख्या २४ हजार १४८ छ ।

मन्त्रालयले विभिन्न देशमा रहेका नेपाली दूतावास र नियोगहरुबाट प्राप्त विवरण अनुसार उक्त सूची तयार पारेको जनाएको छ ।

मन्त्रालयको सूची अनुसार ३० देशमा तत्कालै उद्दार गरिहाल्नुपर्ने अवस्थामा रहेका नागरिक सबैभन्दा बढी मलेसियामा साढे ६ हजार जना रहेको उल्लेख छ ।

कुन देशमा कति ?

अमेरिका- ६४६

ब्रिटिस टेरिटोरी-४९

क्यानडा- ७८

साउदी अरब-३३१२

संयुक्त अरब इमिरेट्स (यूएई)- ४१०

बहराइन- ३७२

इजरायल- ३९

युगाण्डा-१६१

नाइजेरिया-९७

दक्षिण सुडान-१८

सुडान-३१

मोरक्को-६३

कतार-३६०८

मलेसिया-६४२५

थाइल्याण्ड-३५७

सिंगापुर-६१

कम्बोडिया-४१

भियतनाम-४

लाओस-२

जापान- ९१६

कोरिया-२८२

बंगलादेश-१८०

श्रीलंका-३६

पाकिस्तान-१२५

डेनमार्क/नर्वे/स्वीडेन/फिनल्याण्ड-७६

ओमन-६५६

साइप्रस- ४७१

कुबेत-२९९१

माल्दिभ्स-७२४

अष्ट्रेलिया-१३००

जम्मा- २४,१४८

Related Articles

Back to top button
Close