Entertainment

पति श्रीकृष्ण श्रेष्ठको सम्झनामा क्यान्सर अस्पताल बनाउँदै नायिका श्वेता खड्का…

करीब दुई वर्ष अगाडी प्रदर्शनमा आएको नेपाली चलचित्र ‘कान्छी’ को प्रदर्शन पछि पर्दामा नदेखिएकी अभिनेत्री श्वेता खड्का क्या न्सर अस्पताल निर्माणमा जोडिएकी छन् । उनी सहित क्या न्सर रो ग विशेषज्ञ डाक्टरहरुको समुहले गोदावरी नगरपालिकाको छम्पीमा निर्माण गर्न लागेको नेशनल हस्पिटल एण्ड क्या न्सर रिसर्च सेन्टरको सोमवार शिलन्यास गरिएको छ । अस्पतालको निर्माण दुई वर्षभित्र पूरा हुनेछ ।

क्या न्सरबाट श्रीमान् श्रीकृष्ण श्रेष्ठ र भिनाजु गुमा एकी श्वेताले क्यान्सर अस्पताल निर्माणमा आफू पनि जोडिन पाएकोमा खुशी व्यक्त गरिन् । नेपालमा उत्कृष्ट क्या न्सर अस्पताल बनाउन आफ्नो टिमले कुनै क सुर नछाड्ने बताउँदै उनले भनिन्, ‘क्या न्सर अस्पताल निर्माण गर्ने मेरो ५ वर्षदेखिको धोको हो । अब, त्यो पूरा हुने बाटोमा छ ।’ उनका अनुसार, यो अस्पताल सय शैय्याको बन्नेछ ।

अस्पताल निर्माण भएपछि क्यान्सर पीडितलाई न्यून पैसामा उपचार गर्ने उनको भनाई छ । अभिनेत्री श्वेताले अस्पताल निर्माणका लागि सबैसँग सहयोगको अपिल पनि गरिन् । क्यान्सरसँग लडिरहेका तर उपचार गर्न पैसा नभएकाहरुलाई सहयोग गर्न आफू क्यान्सर अस्पताल निर्माणमा जोडिएको उनी बताउँछिन् । पैसा कमाउन अस्पताल निर्माण गर्न नलागेको पनि उनले बताइन् ।

क्यान्सर भएपछि निको हुँदैन भन्ने सोच्नेलाई अभिनेत्री मनीषा कोइरालाको उदाहरण दिँदै अभिनेत्री श्वेताले थपिन्, ‘यो क्यान्सर अस्पतालसँग मनीषा कोइराला पनि जोडिनुभएको छ । क्यान्सर भन्ने वितिक्कै हामी सबै होपलेस हुन्छौं । निको हुँदैन भन्ने सोच्छौं । तर, हामीसँग सबैभन्दा ठूलो उदाहरण मनीष दिज्यू हुनुहुन्छ । यो अस्पतालले क्यान्सर हुनभन्दा नहुन जनचेतना फैलाउनेछ ।’

यो पनि हेर्नुहोस्ः छोरी जन्माउने आमालाई १० हजार र एक किलो घ्यू, स्नातक गर्ने छोरीलाई एक लाख ! रूपन्देही जिल्लाको दक्षिणी क्षेत्रका विभिन्न पालिकाले छोराछोरीबीचको शैक्षिक विभेद हटाउन विविध योजना अगाडि सारेका छन् । जिल्लाको मर्चवारी गाउँपालिकाले बालिका शिक्षालाई प्रोत्साहन गर्न स्नातक उत्तीर्ण गर्ने छोरीका लागि पुरस्कार घोषणा गरेको छ ।

स्थानीय स्तरमा छोराछोरीबीच देखिएको शिक्षाको विभेद हटाउन र छोरीलाई पनि छोरासरह शिक्षा दिलाउन गाउँपालिकाले यस्तो घोषणा गरेको हो । अब स्नातक तह उत्तीर्ण गर्ने छोरीलाई गाउँपालिकाले पुरस्कारस्वरूप एक लाख रुपियाँ प्रदान गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष केशवानन्द बानियाँले बताए । उनले छोरी जन्माउने आमालाई १० हजार रुपियाँ नगद र एक किलोग्राम घिउ पौष्टिक आहारसमेत गाउँपालिकाबाट दिने व्यवस्था मिलाइएको बताए, आजको गोरखापत्र दैनिकमा खबर छ ।

गाउँपालिकाको पुरस्कार घोषणाको निर्णयप्रति शिक्षाक्षेत्रमा लागेकाहरूले समेत प्रशंसा गरेका छन् । मनराजीदेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक राजदेव मौर्यले गाउँपालिकाले स्नातक उत्तीर्ण छोरीका लागि पुरस्कार घोषणा गरेर सराहनीय काम गरेको बताए । रूपन्देहीको दक्षिणी क्षेत्रका कतिपय पालिकाले बालिका शिक्षालाई प्रोत्साहन गर्न भन्दै बालिका बीमा सञ्चालन गरिरहेका छन् । ओमसतिया गाउँपालिकाले सञ्चालन गरेको बालिका बीमा योजना प्रभावकारी बन्दै गएको गाउँपालिकाका अध्यक्ष हीरा केवटले बताए ।

Related Articles

Back to top button
Close