News

कार्यकक्षमै कु’टिए उपसचिव प्रेम सञ्जेल

१७ साउन, विराटनगर । श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेल माथि कार्यकक्ष मै कु’टपिट भएको छ । भ्र’ष्टाचार वि’रुद्ध ख’रो अभिव्यक्ति दिँदै आएका उपसचिव सञ्जेलमाथि शनिबार बिहान करिब ११ बजे कार्यकक्षमै कु’टपिट भएको हो ।कुटपिटमा संलग्न भएको आरोपमा प्रहरीले दुई महिला कर्मचारीलाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले कार्यालयका सहयोगी कर्मचारी नेत्र भट्टराई र मेनुका सापकोटा कोइरालालाई नियन्त्रणमा लिएकोहो । उनीहरु दुबै करारका कर्मचारी हुन् । सञ्जेलमाथि पेपर वेटको डल्लो, चप्पल, पञ्चिङ मेसिन लगायत प्र’हार भएको प्रहरीले बताएको छ । कुटपिटबाट सञ्जेलको अनुहारमा चो’ट लागेको छ ।

जिल्ला प्र’हरी कार्यालय मोरङका प्र’हरी उपरीक्षक उपरीक्षक सन्तोष खड्काले कु’टपिट गर्ने कर्मचारी र सञ्जेलको वि’वाद बारे बुझ्ने काम भइरहेकमे बताए ।प्र’हरी स्रोतका अनुसार सञ्जेलसँग छलफल गर्नु छ भन्दै कार्यकक्षमा प्रवेश गरेका दुई जना कर्मचारीले काममा पे’लेको र गा’लीगलौज गरेको भन्दै कु’टपिट गरेको बताएका छन् ।

Related Articles

Back to top button
Close