News

नेपालमा कोरोना संक्रमितको दर बढ्दो, आज एकै दिन २ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, साउन १८ । नेपालमा आइतबार थप २ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै आइतबार थप १ सय ११ जनाले कोरोनाका बिरामी डिस्चार्ज भएर घर फर्किएका छन् । योसँगै नेपालमा निको हुनेको संख्या हालसम्म १४ हजार ६ सय ३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित लाइभ अपडेटमा आज थप १ सय ११ जनाले कोरोनालाई जितेर घर फर्केको जानकारी दिए ।

डा गौतमका अनु्सार नेपालमा पछिल्लो २४ घण्टामा ८ जहार १ सय ६१ जनामा पिसिआर परिक्षण गरिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ५ सय ७२ रहेको छ ।

Related Articles

Back to top button
Close