International

अमेरिकाका राष्ट्रपतिका पूर्व उम्मेद्वारको कोरोना संक्रमणका कारण निधन

अमेरिकाका राष्ट्रपतिका पूर्व उम्मेद्वार हरमन केनको कोरोनाभाइरस संक्रमणका कारण निधन भएको छ । उनी ७४ वर्षका थिए । केन क्यान्सरबाट पीडित थिए र उनको उपचारका लागि उनलाई अघिल्लो महिना अटलान्टाको एक अस्पतालमा भर्ना गरिएको थियो । केन २०१२ मा रिपब्लिकन पार्टीको तर्फबाट राष्ट्रपति पदका उम्मेद्वार थिए । ट्रम्पले पनि उनको मृत्युमाथि दुःख व्यक्त गरेका छन् ।

ब्रिटेनः ३ सय जनालाई भ्याक्सिन दिइयो

ब्रिटेनको इम्पेरियल कलेज लण्डनले ३ सय व्यक्तिलाई प्रयोगको रुपमा कोरोनाभाइरस भ्याक्सिन लगाएको छ । यसअघि पनि यो भ्याक्सिन केही मानिसहरुमा ट्रायल गरिएको थियो । सकारात्मक नतिजा आएपछि ३ सय व्यक्तिमा यसको ट्रायल गरिएको छ । ब्रिटेनमा हालसम्म कोरोनाका तीन लाख बढी संक्रमित भेटिएका छन् भने ४५ हजारभन्दा बढीको ज्यान पनि गइसकेको छ ।

Related Articles

Back to top button
Close