News

सुन तस्करी प्रकरणमा मुछिएका प्रहरी जवानको कोठाबाट भेटियो ‘सुन’

जवान प्रशन्न श्रेष्ठको डेरामा एक किलो सुन फेला परेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँले नारायणस्थानस्थित डेरामा फेला परेको सुन जस्तै देखिने पँहेलो धातु बारमद गरेको हो ।

सो धातु परिक्षण गर्न पठाइएको महानगरीय प्रहरी कार्यालयका एक अधिकृतले रातोपाटीलाई जानकारी दिए । जवान श्रेष्ठ साढे १४ केजी चाँदी र आधाकिलो विवादास्पद सुन अप्रेशनमा मुछिएका छन् ।

सो अप्रेशनको कमाण्ड दरबारमार्गका डीएसपी रन्जन दाहालले गरेका थिए । जवान प्रशन्नलाई दरबारमार्ग वृतको हिरासतमा राखेर आन्तरिक अनुसन्धान शुरु गरिएको छ ।

Related Articles

Back to top button
Close