News

आन्तरिक राजश्‍व कार्यालयमा कार्यरत कर्मचारीसहित ३६ जनामा कोरोना संक्रमण पुष्‍टि

बाँके, १५ साउन । भेरी अस्पताल नेपालगञ्‍जमा गरिएको परीक्षणमा थप ३६ जनामा कोरोना संक्रमण पुष्‍टि भएको छ । अस्पतालका अनुसार संक्रमण पुष्‍टि हुनेमा २७ जना बाँकेका ७ जना बर्दियाका र २ जना दाङका रहेका छन् ।

बाँकेका २७ जना संक्रमितमध्ये ११ जना आन्तरिक राजश्‍व कार्यालयमा कार्यरत कर्मचारी हुन् । अन्य संक्रमितहरु बाँके, बर्दिया र दाङका विभिन्‍न स्थानका व्यक्तिहरु रहेको बताइएको छ ।

कोरोना संक्रमणको दर बढ्दै गएपछि बाँकेमा आइतबारदेखि तीन दिनसम्म निषेधाज्ञा गरिने भएको छ । सम्भावित जोखिमलाइ मध्यनजर गर्दै उक्त निर्णय लिइएको जिल्ला प्रशासन कार्यलय बाँकेले जनाएको छ ।

Related Articles

Back to top button
Close