News

समुदायस्तरमा कोरोना संक्रमित भेटीपछि प्रशासन झस्कियो, आइतबार देखि पूर्णरुपमा निषेधाज्ञा जारी गर्दै पुनः लकडाउन गर्ने तयारी

बाँके – जिल्ला प्रशासन कार्यालय बाँकेले आइतबारदेखि तीन दिनसम्मका लागि जिल्लाभर पूर्णरुपमा निषेधाज्ञा जारी गर्ने तयारी गरेको छ । समुदायस्तरमा कोरोना सङ्क्रमणको जोखिम अत्यधिक बढेसँगै प्रशासनले निषेधाज्ञा जारी गर्ने भएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरूम्वाङले जानकारी दिए ।

नेपालगञ्जमा समुदायस्तरमा गरिएको कोरोना परीक्षणमा कर्मचारीसहित २७ जनामा सङ्क्रमण देखिएपछि निषेधाज्ञा जारी गर्ने तयारी गरिएको हो । गत आइतबार कन्टयाक्ट ट्रेसिङ गरी आन्तरिक राजश्व कार्यालय नेपालगञ्जबाट ६८, त्रिभुवनचोकको मिठाइ पसल आसपासबाट ११५ र यातायात व्यवस्था कार्यालय क्षेत्रबाट सङ्कलन गरिएको २८ स्वाब परीक्षणका क्रममा आन्तरिक राजश्व कार्यालय नेपालगञ्जका थप ११ कर्मचारीसहित नेपालगञ्जका २७ जनामा आज सङ्क्रमण देखिएको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङले मुस्लिम धर्मावलम्वीहरुको पर्व प्रभावित हुन नदिन दुई दिन उच्च सतर्कता अपनाउँदै आइतबारदेखि पहिलो चरणमा तीन दिनका लागि पुन निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको जानकारी दिएका हुन् ।

नेपालगञ्जको व्यस्त बजार त्रिभुवनचोकको मिठाई पसल र सेवाग्राहीको भीडभाड हुने आन्तरिक राजश्व कार्यालयमा गरी एकैदिन २७ जनामा कोरोना देखापरेपछि स्थानीय प्रशासन झस्किएको छ।

भारतबाट फर्किएका र क्वारेन्टिनमा बसेका व्यक्तिलाई मात्रै कोरोना देखिने गरेकोमा पछिल्लो दिनमा नेपालगञ्जमा घरमा बसेका, पसलमा काम गर्ने, सरकारी कार्यालयका कर्मचारी, एनजिओकर्मीमा कोरोना देखापरेको छ।

समुदाय स्तरमा कोरोना बढेपछि नेपालगन्जमा पुनः लकडाउन गर्ने तयारी गरिएको छ । पछिल्लो पटक रेन्डम सेम्पलिङ्गमा ट्राभल हिष्ट्रि नभएकामा कोरोना देखिएपछि नेपालगन्जलाई पुनः लकडाउन गर्ने तयारी थालिएको थियो ।

Related Articles

Back to top button
Close