News

सिंहदरबारभित्रका कर्मचारीको कोरोना जाँच

देशको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारभित्रका कर्मचारीको कोरोनाभाइरस परीक्षणका लागि स्वाब संकलन सुरू गरिएको छ।

पछिल्लो समय काठमाडौं उपत्यकाभित्र कोरोनाभाइरसा संक्रमितको संख्या वृद्धि भएपछि सिंहदरबारभित्रका कर्मचारीको नमूना स्वाब संकलन गरी बुधबारदेखि पिसिआर परीक्षण सुरू गरिएको हो।

विभिन्न मन्त्रालयका कर्मचारी, सुरक्षाकर्मी, सवारी चालक र बाहिरी मान्छेको सम्पर्कमा रहने करिब सात सय कर्मचारीको स्वाब संकलन गरी पिसिआर परीक्षण गर्न लागिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले जानकारी दिए।

‘परीक्षणपछि उपत्यकाभित्रको अवस्था के छ भन्नेबारे आँकलन गर्न सजिलो हुन्छ,’ उनले भने।

काठमाडौं उपत्यकाभित्र मंगलबार ५३ जनामा कोरोना पोजेटिभ देखिएको छ। तीमध्ये २३ जना प्रहरी हुन्।

Related Articles

Back to top button
Close