News

विपी प्रतिष्ठान धरानमा लकडाउन

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा लकडाउन गरिएको छ। कोरोना भाइरस संक्रमण रोकथाम गर्न प्रतिष्ठानमा आजदेखि अर्को सूचना जारी नहुञ्जेलसम्म लकडाउन गरिएको हो।

शिक्षक/कर्मचारी/विद्यार्थीलगायतले अनिवार्य रूपमा लकडाउन पालना गर्न रजिष्ट्रार प्राध्यापक डाक्टर मोहनचन्द्र रेग्मीले सूचना निकालेर जानकारी गराएका छन्।

प्रतिष्ठानको आवास तथा छात्रबासमा रहेका शिक्षक/कर्मचारी र तिनका आश्रित परिवारलगायत विद्यार्थीहरूलाई अत्यावश्यक काममा बाहेक आफ्नो निवास बाहिर नजान रजिष्ट्रार रेग्मीको आग्रह छ।

‘प्रतिष्ठानको हाताभित्रको खेलमैदान, सडक र अन्यत्र हिँडडुल गरेको पाइएमा सुरक्षाकर्मीबाट कारवाही हुनेछ,’ रजिष्ट्रारले निकालेको सूचनामा उल्लेख छ।

प्रतिष्ठान बाहिर जानु परेमा प्रतिष्ठानबाट पूर्वस्वीकृति लिन पनि उनले आग्रह गरेका छन्। पूर्वस्वीकृतिविना गएको भेटिए कारबाही गरिने उनले बताए।

Related Articles

Back to top button
Close