News

नेपालमा कोरोनाको डरलाग्दो अवस्था : गम्भीर बिरामीले अस्पताल भरिएपछि सामान्य संक्रमितलाई घर पठाइयो

काठमाडौं । पर्सामा समुदाय स्तरमै कोरोना फैलिएपछि वीरगन्जस्थित कोभिड अस्पताल अहिले संक्रमितले भरिएको छ । लक्षण सहितका संक्रमित बढेपछि स्थानिय तह र स्वास्थ्यकर्मीलाई चिन्तित बनाएको छ । अन्य विरामीलाई अव अस्पतालमा ठाउँ छैन । लक्षण नदेखिएका कोरोना संक्रमितलाई पनि भर्ना गर्ने ठाउँ नभएर घरमै आइसोलेसनमा बस्न भनिएको छ । साधारण बिरामीसहित ७० जना र ५० जना ग’म्भि’र प्रकृतिका संक्रमितको अस्पतालमा उपचार जारी छ ।

अस्पतालका एक कर्मचारीका अनुसार थपिने संक्रमितलाई अब अस्पतालमा ठाउँ समेत छैन । संक्रमित थपिने क्रम भने अझै रोकिएको छैन । भर्ना गर्ने ठाउँ नभएका कारण लक्षण नदेखिएका र सामान्य अवस्थाका संक्रमित २३ जनालाई घरमै आवश्यक निगरानीमा राखिएको छ । समुदाय स्तरमै कोरोना फैलिएपछि समुदाय स्तरमै कोरोना परिक्षण सुरु गरिएको छ । आइतवारवाट समुदाय स्तरमै कोरोना परिक्षण सुरु भएपछि संक्रमितको संख्या पनि बढ्दै जान थालेको छ ।

आइतबार संकलित स्वाब परीक्षण रिपोर्ट आउन थालेपछि ती बिरामीलाई कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ता स्थास्थ्यकर्मी र स्थानिय तहलाई थपिएको छ । कोभिड अस्पताल बनाइएको वीरगन्जस्थित गण्डक हस्पिटल प्रालि अब सामान्य अवस्थाका संक्रमितभन्दा पनि ग’म्भीर अवस्थाका ५० जना बिरामीलाई मात्र राख्ने तयारी भइरहेको अस्पताल प्रशासनले जनाएको छ ।

चार महिना अघिबाट पर्सामा कोरोना संक्रमित भेटिएका थिए । तर, महामा’री नियन्त्र’णका लागि चुस्त व्यवस्थापन नहुँदा संक्रमित संख्या बढेसँगै यतिखेर चुनौती थपिएको हो । कोरोना संक्रमित बिरामीको लगातार ज्यान जान थालेपछि पर्साको वीरगन्जमा स्वाब संकलनलाई तीव्रता दिइएको छ । माइस्थान, श्रीपुर, रेल्वे मावि र बिर्तालगायत चार ठाउँमा आइतबारदेखि स्वाब संकलन थालिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए । फाइल तस्विर

Related Articles

Back to top button
Close