News

काठमाडौंमा बढ्यो कोरोनाको खतरा, सोमवार पनि यि ठाउँमा थपिए ६ संक्रमित

काठमाडौं । काठमाडौंमा पछिल्लो समय कोरोना संक्रमितको संख्या बढेको छ । वाहिरवाट आउनेहरुको संख्या बढेका कारण काठमाडौंमा कोरोनाको जोखिम बढेको हो । सोमवार पनि काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ६ जना कोरोना संक्रमित थपिएका छन् ।

सोमबारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा। जागेश्वर गौतमले ललितपुरका ३, काठमाडौँका ३ जनामा कोरोना पुष्टि भएको जानकारी दिए ।

प्रवक्ता गौतमका अनुसार पाटन अस्पतालमा ललितपुरका ३, त्रिवि शिक्षण अस्पतालमा काठमाडौँका १, स्टार अस्पताल सानेपा ललितपुरमा काठमाडौँका २ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा पछिल्लो २४ घण्टामा १३९ जनामा कोरोना पुष्टि भएको छ। प्रवक्ता गौतमका अनुसार योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ४ हजार ९५० रहेको छ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ६२६ जनाकोरोना संक्रमित निको भएर घर फर्केका छन्। योसँगै नेपालमा कोरोनामुक्त हुनको संख्या १३ हजार ७५४ रहेको छ। नेपालमा कोरोना निको हुनेको प्रतिशत ७४।३५ रहेको छ।

Related Articles

Back to top button
Close