News

परिवारनै अस्पताल भएको बेला घरमा एक्लै रहेकी जयालाइ अचानक के भयो ? तनावमा बच्चन परिवार

काठमाडौं । बलिउड अभिनेत्री एवं अमिताभ बच्चनकी पत्नी जया बच्चनले मुम्बई प्रहरीमा उजुरी दिएकी छन्।पतिसहित छोरा, बुहारी र नातिनी कोरोना संक्रमित भएर अस्पतालमा रहेका बेला जयाले बाइकर्स ग्रुपले आफूलाई दुःख दिएको भन्दै उजुरी दिएकी हुन्।

रातको समयमा बाइकर्सले जयाको घर भएको इलाकामा रेसिंग प्रतिस्पर्धा गरेर होहल्ला र कोलाहल मच्चाएका थिए।त्यो क्रम लगातार ३ दिनसम्म चलेपछि उनले बाध्य भएर उजुरी दिएको बताइएको छ ।

सबै परिवार अस्पतालमा भएर जया फस्टेट भएको बेलामा बाटोमा मानिस हिड्दा पनि उनलाई झर्को लागेको हुनसक्ने बताइएको छ ।एकदिन मात्र नभई दिनदिनै दुःख दिएपछि जयाले बाध्य भएर प्रहरीमा फोनमार्फत मौखिक उजुरी दिएका भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

प्रहरीले फरार बाइकर्सको खोजी गरिरहेको छ। प्रहरीले सीसीटिभी फुटेजबाट बाइकको नम्बर ट्रेस गरेको बताइएकाे छ। परिवारका अधिकांश सदस्यको कोरोना रिपोर्ट पोजेटिभ आउँदा जयाको भने नेगेटिभ आएको थियो।

यसै क्रममा अमिताभका अनुसार अझै उनीहरुको परीक्षणमा नेगेटिभ रिपोर्ट आएको छैन । दुई साताअघि कोभिड १९ बाट संक्रमित भएका उनीहरुको स्वास्थ्य सामान्य रहे पनि कोरोनाबाट मुक्त भइसकेका छैनन् ।

तर अमिताभ बच्चनले हालै इन्स्टाग्राममा पोस्ट गरेको प्रार्थनाले चर्चा पाएको छ । उनले आफ्नो स्वास्थ्य लाभका लागि भगवानसँग प्रार्थना गरेका छन् । मानिसको भीडसहितको फोटो पोस्ट गर्दै भगवानलाई लक्षित गर्दै उनले लेखेका छन्, ‘तपाईँले ममाथि उठाउनुभएको आशिर्वादको हातले मलाई हौसला दिन्छ । र यो कहिल्यै गुमाउन चाहन्न म । मलाई साथ दिनूस् भगवान !’ अमिताभको यस्तो प्रार्थनामाथि उनका करोडौं शुभचिन्तकहरुले चिन्ता व्यक्त गरेका छन् । साथै अधिकांशले बच्चन परिवारको स्वास्थ्य लाभको कामना गर्दैआएका छन् ।

Related Articles

Back to top button
Close